के.यु.बि.के.को पिपलधारामा सार्वजानिक सुनुवाई

  •  
  •  
  •  
  •  
  •  

प्रेम सुनार
गुल्मी, माघ २६ । किसानका लागि उन्नत विउ विजन कार्यक्रम (के.यु.बि.के) ले गुल्मीको पिपलधारामा सार्वजानिक सुनुाई कार्यक्रम सम्पन्न गरेको छ । के.यु.बि.केको आर्थिक सहयोमा महिला सशक्तीकण कार्यक्रम सञ्चालन गरेको महिला सुन्तला खेती कृषक समुह पिपलधारा ५ र ७ ले सार्वजानिक सुनुवाई कार्यक्रम गरेको हो ।

सार्वजानिक सुनुवाई कार्यक्रममा त्यस समुहकी अध्यक्ष माया खनालले ४ लाख ५० हजार र १४ लाख १ सय ८५ समुहले लगानी गर्ने र १५ लाख २६ हजार ९ सय ५५ रुपैयाँ केयुबिके संस्थाले अनुदान दिने जानकारी गराउँदै विभिन्न कार्यक्रम सार्वजानिक गरेकी थिईन् ।
संस्थाको उद्देश्य र कार्यक्रम वारे केयुबिके संस्थाका विउ प्राविधिक बिशाल सापकोटा र सो कार्यक्रम क्षेत्र नम्वर ३ की अभिमुखीकर्ता रिमा अधिकारीले प्रकाश पारेका थिए । प्रमुख अतिथी सापकोटाले महिला सशक्तीकरणका लागि प्रशिक्षण समेत दिएका थिए ।
अभिमुखीकर्ता अधिकारीका अनुसार पिपलधाराका महिलाहरु सशक्तीकरणका लागि कम्मर कसेर लागेका छन् । कार्यक्रममा नेपाली कांग्रेस पिपलधाराका सभापति हरिबहादुर खड्का , नेकपा एमालेका अध्यक्ष वावुराम खड्का , नेकपा माओवादी केन्द्रका अध्यक्ष रत्तप्रसाद खनाल , राप्रपाका अध्यक्ष तनबहादुर केसी , पिपलधारा स्वास्थ्यचौकी ईञ्चर्जा प्रेमलाल खनाल लगायतको विशेष आतिथ्यता रहेको थियो । समुहकी अध्यक्ष माया खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सचिव शान्त खनालको सञ्चालन रहेको थियो ।
वम्वा वलेटक्सार क्लवले सहयोग गर्ने
अति सिमान्तकृत वोटेमाझी समुदाय, दलित र गरिव दलितका विभिन्न विद्यालयका विद्यार्थीहरुलाई वम्घा वलेटक्सार युवा क्लवले सहयोग अभियान जारी गरेको छ ।
पदम प्रावि बौवाँ वम्घा, हरिशिद्धी प्रावि रिमुवा ,आँधीपाटा प्रावि वम्घामा रहेका अधिकांस ति समुदाय र वर्गका विद्यार्थीहरुलाई सहयोग गर्ने अभियान तिव्र पारिएको क्लवका अध्यक्ष यदु ज्ञवालीले जानकारी दिए ।
उनले सवै पक्ष संग सहयोगको अपिल समेत गरेका छन् । त्यस्तै क्लवका सचिव पदम श्रेष्ठले आफुहरुको यो अभियानलाई सफल पार्ने देश विदेशमा रहेका गुल्मीवासी संग सहयोगका लागि अनुरोध गरेका छन् ।

Comments

comments

Comments are closed.