कुसुमको तिजगित वुटवलमा छायाँङकन

  •  
  •  
  •  
  •  
  •  

अनिल खत्री
गुल्मी, असार २६ । हिन्दु महिला नारीहरुको महान पर्व तिज आउँन महिना दिन भन्दा वढी बाँकी समय रहदा कलाकारलाई भने तिज पर्वले लागी सकेको छ । कलाकारहरुलाई तिजका गित गाउँन र गितको म्युजिक भिडियो तयार गर्न व्यस्त रहनाले उनिहरुलाई तिज पर्वले लागेको हो ।
गत वर्षको तिजमा यसपालिको तिजमा लेहेङ्गा लगाउछु भन्ने तिजको गितबाट परिचित बनेकी गायिका कल्पना कुसुमले यस वर्षको तिज पर्वलाई मध्य नजर राखेर “शिबजिको दर्शन गर्नी हो” तिज गित बजारमा ल्याउने भएकीछन् । गितमा रेल चडने कुरा सगै गत वर्ष नेपालमा भएका नाकाबन्दीका कुराहरुलाई पनि समाबेश गरिएको छ ।
तिजको बेला नारिका बेदनाहरुले समेटेर गाउने तथा बस्तुमा तयार भएको गितमा गायिका कल्पना कुखुमको एकल आवाज रहेको छ । गत वर्षको एल्वमबाट निकै धेरै दर्शक श्रोताबाट मायाँ पाएकोले थप नयाँ एल्वम ल्याउने हौसला मिलेकोले यस वर्षको तिज पर्वमा पनि नयाँ गित ल्याउने बताईन । अधिल्लो एल्वमा दर्शक श्रोताबाट पाएको मायाँबाट आफुलाई संगित क्षेत्रमबाट टाढा नजान बाध्य बनाएको उनले बताइन । अन्य बिधाका गितहरुका एल्वमहरु बजारमा आए पनि गत वर्ष बजारमा आएको तिजको एल्वम उनको पहिलो एल्वम थियो ।
गायिका कुसुमको तिजका बेदनाहरुले भरिएको शिबजिको दर्शन गर्नी हो एल्वमको एक कार्यक्रमका बिच गितको म्युजिक भिडियो बुटवलमा छायाँङकन गरिएको छ । गायिका कल्पनाको सुमधुर स्वरले सजिएको उक्त तिज गितको शब्द संगित गितकार एकनारायण भण्डारीले गरेका हुन ।
वुटवलको सुन्दर दृश्य सगै छायाँङकन गरिएको गितमा मोडल रस्मी तामाङ्ग र बिबेकराज पाण्डेयले अभिनय गरेका छन् । म्युजिक भिडियो निर्देशन बिष्णु भट्टराइले गरेका छन् । अबको केहि दिनमै बजारमा आउने उक्त गित आफनो अघिल्ले वर्षको तिज गित जस्तै मनपराउने गायिक कल्पनाले बताइन । चर्चित गितकार एकनारायण भण्डारीको लय शब्दमा गित निकै राम्रो रहेकाले पनि धेरै दर्शक श्रोताको मायाँ पाउने उनले बताइन ।
तिजको बेला सबै महिला दिदि बहिनीहरु मिलेर गाउने भाकालाई यो गितले पनि झल्को दिलाउने कल्पनाले बताइन ।
new teej song

Comments

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *