कुवेतमा रहने झापालीहरुले गुल्मीमा सहयोग पठाए

  •  
  •  
  •  
  •  
  •  

अक्टोबर १७, कुवेत । झापाली समाज कुवेतले गुल्मीका बाढी पहिरो पीडितहरुको लागि सहयोग हस्तान्तरण गरेको छ । झापाली समाजले नेपालमा अबिरल बाढी पछि गएको भिषण बाढी पहिरोले ठुलो जनधनको क्षती भएको बिभिन्न स्थानहरुमा राहत सहयोग गर्ने प्रतिबद्धता अनुरुप पहिलो चरणको राहत बितरण गरेको हो ।
jhapali-samaj-kuwait
हस्तानतरण कार्यक्रम गत शनिबारका दिन झापाली समाज कुवेत नेपालका उपाध्यक्ष राजु धिमालको प्रमुख आथित्यतामा दर्लिंगं गाबिस गुल्मीका सचिव गोपालबहादुर सेन ओलीको अध्यक्षता गाबिसको सर्बदलिय सुरक्षा निकाय, बुद्धिजिवी लगायत बिभिन्न राजन्तिक दलका प्रतिनिधीहरु सहितको रोहवरमा आयोजना गरेको हो ।

स्थानीय राजनीतिक दलका प्रतिनिधिहरु प्रेमबहादुर श्रीस, मुहाबिर घर्ती, भुपालसिंह खत्री , तनबहादुर रसाइलीको साथमा झापाली समाज कुवेत तथा एनआरएनए सदस्य सौगात सुवेदी सहित प्रहरी चौकी ईन्चार्ज पैडी अमराई नेटा दर्लिंगं उच्व माबिका शिक्षक यमलाल अर्याल,घनिश्वर अर्याल, प्राचार्य तेजबहादुर सोनार ,दर्लिंगं बजार ब्यबस्थापन अध्यक्ष रामप्रसाद अर्याल लगायत विभिन्न व्यक्तिहरुको उपस्थितीमा गत २०७३ श्रावण ९, १० र ११ गते परेको अबिरल बर्षाका कारण गुल्मी जिल्लाको अती बिकट गाबिस दर्लिंगका विभिन्न वडाका बाढी पहिरो पिडित ४७ घर परिवारलाई रु.१ लाख २४ हजार चारसय पचास रुपैयाँ बराबरको राहत सामग्री स्वरुप एकसरो ओढ्ने ओछ्याउने बितरण गरिएको जानकारी दिईएको छ।
jhapai samaj logo
झापाली समाज कुवेतलाई त्यहाँ सम्म पुगेर राहत बितरण कार्यलाई सहज बनाउन मुख्य भुमिका खेल्दै सहयोग गर्नु हुने समाज सेवी तारा पौडेललाई सम्पुर्ण झापाली समाज कुवेत नेपालको तर्फबाट स-धन्यवाद स्वरुप हार्दिक आभार प्रकट गरेको छ ।

Comments

comments

Comments are closed.