कुमारी आमा बन्न वाध्य दलित किशोरीहरु

  •  
  •  
  •  
  •  
  •  

प्रेम सुनार
गुल्मी, कार्तिक ३ । गुल्मीमा थुप्रै दलित युवतीहरु गैह्र दलित संगको प्रेम सम्वन्धका कारण वर्षऔं देखि न्याय नपाएर कुमारी आमा रहन बाध्य भएका छन् । बडागाउँ ३ की फुलमाया बिकका सन्तान १४-१५ वर्षका भई सके तर वावुको ठेगान छैन ।
स्थानिय थापा क्षेत्रीको गर्भधारणबाट जन्मेका सन्तानलाई सुरुमा जिम्मा लिए पनि केहि दिन पछि फरार भएका थापा अहिले सम्म कहाँ छन् भन्ने अत्तोपत्तो छैन् । उनको परिवार नै खुसुक्क सवै घर सम्पत्ती बेचेर तराई तिर गएर लुके ।

न्यायका लागि फुलमायाँ बर्षौ देखि प्रहरी प्रशासन धाईन तर कसैले उनलाई न्याय दिन सकेन् । आरोपित थापा र उनको परिवार सुनुवलमा बसेको बताई पनि त्यहाँबाट प्रहरीले झिकाई दिन नसक्दा उनले न्याय पाउन नसकेकी हुन् ।
ह्वाङ्गदीकी सुमित्रा नेपालीको अवस्था पनि उस्तै छ । स्थानिय मगर थरका युवाले रातमा मुख थुनेर जवर जस्ती करण गरेको उनले बताए पछि गाउँलेले उनलाई समाते घर भित्राउने प्रयास गरे पनि अर्को समुहले भगाए पछि उनी पनि गत चार वर्ष देखि बेपत्ता रहेका छन् ।
छिमेकी दर्लिङ्ग गाविस, नेटा गाविस , क्षेत्र नम्वर ३ का दर्जनौ गाविस । यता क्षेत्र नम्वर १ र २ का पनि त्यति नै स्थानका दलित युवती र पाका महिलाहरु समेत गैह्र दलित पुरुषको सहवासबाट अलपत्र परेका छन् ।
ति मध्ये कतिपयलाई अदालतबाट न्याय दिलाउन सकिए पनि कार्यन्वयन गराउन निकै कठिन भएको दलित अधिकारकर्मी गणेश बिश्वकर्माले बताउँदै आएका छन् । वस्तुकी चन्द्रका नेपालीले न्याय पाएकी छिन् ।
फोक्सीङ्गकी दिपा बिकले पनि जिल्ला अदालतबाट मुद्धा जितेकी छिन् । मगर थरका युवाको प्रेम जालमा फसेर अलपत्र परेकी दिपाले मुद्धा जिते पनि कार्यन्वयन नहुँदा न्याय पाउन सकेकी छैनन् ।
केहि दिन अघि मात्रअ क्षेत्र नम्वर १ मा ४५ नाघेकी पाकी दलित महिला र स्थानिय मगर थरका बृद्धा रंगे हात समातिए तर उनलाई मगर समुदायले भगाए पछि ति महिला अलपत्र परेको अधिकारकर्मी बिश्वकर्माले बताए ।
जिल्ला न्ययाधिश मातृका प्रसाद मरासीनीको कार्यकालमा केहि दलित महिलाहरुले न्याय पाए पनि त्यस अघि धेरैले न्याय पाउन नसकेको बताईन्छ । जिल्ला न्यायधिश मरासीनीले यस्ता मुद्धालाई विशेष प्राथामिकतामा राख्दै आएको सञ्चारकर्मीहरु संग बताउँदै आएका छन् ।
दलित अधिकारकर्मी नेपाल दलित संघका अध्यक्ष झविन्द्र बिक, उत्पीडित जातिय मुक्ती समाजका अध्यक्ष दलबहादुर बिक, केन्द्रिय सदस्य कृष्ण सुनार , नेपाल राष्ट्रिय दलित मुक्ती मोचाका अध्यक्ष धर्म बिश्वकर्मा लगायतले यस्ता बिषयमा दलित महिला स्वयम पनि सचेत हुनु पर्ने बताउँदै आफुहरु एक जुट भएर न्याय दिलाउन पक्षमा लागेको दावि गरेका छन् ।
यद्येपि थुप्रै दलित महिलाहरुले कुना कन्दराबाट न्याय पाउन नसकेको र तथ्याङ्ग समेत संकलन नगरिएकोले कुनै सामाजिक संस्थाले यस कार्यमा हात हात हाल्न आवस्यक देखिएको छ ।

Comments

comments

Comments are closed.