कुमारी आमाले वित्थैमा विकाईन रेसुङ्गा क्याम्पसको नाम

  •  
  •  
  •  
  •  
  •  

प्रेम सुनार
गुल्मी, मंसिर–२७ । हिजो तम्घास अस्पतालमा कुमारी आमा बनेकी युवतीले वित्थैमा गुल्मीको रेसुङ्गा वहुमुखी क्याम्पसको नाम विकाएको सो क्याम्पसले जनाएको छ ।
क्याम्पस प्रमुख हरिवहादुर केसीले भने–‘ उनि हाम्रो क्याम्पसमा भर्ना भएको दुई हप्ता पनि भएको छैन , त्यसमा रेसुङ्गा क्याम्पसको नाम जोडिनु गलत हो ।’ दुई दिन मात्रै त्यस क्याम्पसमा हाजिर भएको र त्यहाँ धेरै जनाले नचिनेको क्याम्पस प्रमुख केसीले बताए ।
उनि नयाँगाउँ तिरै पढेर सन्तान जन्म दिनको लागि तम्घासमा हालै डेरा लिएर बसेको र रेसुङ्गा क्यापसमा पनि भर्खर मात्र भर्ना भएकोले त्यस क्याम्पस परिवारसंग उक्त विकृतिवारे कुनै सम्वन्ध नरहने स्पष्ट भएको छ ।
आज दोश्रो दिन सम्म पनि उनले आरोप लगाएको युवा सम्पर्कमा नआएको महिला अधिकारकर्मी विष्णुकुमारी सापकोटाले बताईन् ।

गुल्मी जिल्लाको हरेक स्थानिय तहको चुनावी अप्डेट छिन-छिनमा पाउनको लागि गुल्मीन्युजको पेज लाईक गर्नुहोला ।
(यदी पहिले नै लाइक गर्नु भएको छैन भने मात्र)

Comments

comments

Comments are closed.