किर्ते कागजपत्र बनाउने गुल्मीका अशोक पक्राउ

  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, ५ जेठ । नक्कली कागज बनाएको अभियोगमा गुल्मीका एक युवा पक्राउ परेका छन् । गुल्मी घर भई हाल भक्तपुर नगरपालिका–७ नगदेशमा डेरा गरी बस्ने ३६ वर्षीय अशोक अधिकारी सो अभियोगमा पक्राउ परेका हुन् ।

त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलबाट किर्ते कागजात सहित अपराध शाखा ललितपुरबाट खटिएको टोलीले अधिकारीलाई बिहीबार पक्राउ गरेको हो । अधिकारी नक्कली लाईसेन्स तथा नागरिकता बनाउने कार्यमा संलग्न रहेको नेपाल प्रहरीको वेबसाईटमा उल्लेख गरेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको पनि जानकारी दिएको छ ।

Comments

comments

Comments are closed.