कार्यालय प्रमुख र सहायकको एकै साथ अन्त्यष्टी

  •  
  •  
  •  
  •  
  •  

प्रेम सुनार
गुुल्मी, असोज–४ । विडम्वनाको कुरा गुल्मीको कृषि विकास काार्यालयका प्रमुख र सोही कायालका प्राविधिक सहायको १२ घण्टाको अन्तरालमा अल्पआयुमै मृत्यु भएको छ ।pandey
सो कार्यालयका प्रमुख वरिष्ठ कृषि विकास अधिकृत ५१ बर्षिय चेतनारायण पाण्डेको आज विहान करिव ५ वजेको समयमा मृत्यु भएको हो भने सो कार्यालकै प्राविधिक सहायक ४७ वर्षिय दधिराम ज्ञावालीको हिजो दिउँसो करिव ४ वजेको समयमा मृत्यु भएको हो ।
कार्यालय प्रमुख पाण्डेको भरतपुरको मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको र प्राविधिक सहायक ज्ञावलीको काठमाण्डौंको डिएण्डी अस्पतालमा मृत्यु भएको सो कार्यालयका सुचना अधिकृत रणबहादुर महोत्तोले जानकारी दिए ।
‘कार्यालय प्रमुखको शव रिडीमा ल्याईदै छ । प्राविधिक सहायकको शव भर्खर ल्याईएको छ ’–उनले भने–‘ एकै साथ अन्त्यष्टी गर्ने विषयमा परिवार संग छलफल गरिदैछ ।’ उनका अनुसार कार्यालय प्रमुख पाण्डेको अँस्ती आईतवार ११ वजे तिर स्वास्थ्य अवस्था विग्रे पछि कार्यालय प्रमुख वुटवल अस्पतालमा भर्ना हुन पुगेका थिए । त्यहाँबाट भरतपुरको मेडिकल कलेजमा रिफर गरिएको थियो ।
पाण्डेलाई मुटुको समस्या थियो । पछिनिमोनिया समेत भएको थियो । स्वास्थ्य अवस्था विग्रे पनि पाण्डेले तिन दिन अघि सम्म कार्यालयमा हाँसी–खुशी र फुर्ति साथ काम गर्दै आएका थिए । एउटा संयोग यसै समाचारदाता संग पाँच दिन अघि पाण्डेले रेसुङ्गा टेलिभिजनमा अन्तरवार्ता दिएका थिए । जुन प्रशारण हुन बाँकी थियो । जसलाई रेसुङ्गा टेलिभिजनले आज दिनैभर एकादुई घण्टाको अन्तरमा प्रशारण गर्ने र युट्युवमा पनि राख्ने भएको छ ।
पाण्डेको घर अर्घाखाँचीको केरुङ्गा गाविस वडा नम्वर ४ मा रहेको छ । उनि २३ वर्ष अघि सरकारी सेवामा प्रवेश गरेका थिए । उनि मुगु जिल्लाबाट २०७२ साल कार्तिक १ गते गुल्मीमा सरुवा भई आएका थिए ।
उनले छोटो कार्याकालमै कफी क्षेत्र विस्तार कार्यक्रम, मछ्यपालन , तरकारी खेती र विउ उत्पादन क्षेत्र विस्तारमा उल्लेखनिय भुमिका खेलेको सुचना अधिकृत महत्तोले बताए । ‘उहाँ विरामी परे पनि काममा निकै खट्दै आउनु भएको थियो ,हाँसी खुशी यहाँबाट हिडनु भएका उहाँलाई आज यो अवस्थामा देख्दा हामी भावविहल भएका छौं, –‘ महोत्तोले भने –‘हामी सवै अहिले रिडीमा छौं । ’ कार्यालय प्रमुख पाण्डेको केरुङ्गा स्थित श्रीमति दुई छोरी र एक छोरा रहेको बताईएको छ ।

Comments

comments

Comments are closed.