कार्यदलले गराएको गर्भधारणले शिर्ष नेतालाई प्रसव पिडा

  •  
  •  
  •  
  •  
  •  

प्रेम सुनार
स्थानिय निकायको जन्म दिन गुल्मीका शिर्ष नेताहरुलाई प्रसव पिडा जस्तै परेको छ । महिनौं सम्म सर्वदलिय ठोंड जोडेर कार्यदलले स्थानिय निकायको गर्भधारण गराएर जन्म दिने जिम्मा शिर्ष नेताहरुलाई दिएको थियो । सोही अनुरुप सवै दलका शिर्ष नेताहरुलाई हप्तौ सम्म व्याथा लाग्यो । laughing-at-pregnant-woman-guy-ends-in-court1हिजो राती अवेर सम्म पनि प्रसव पिडा खेपेका यहाँका शिर्ष नेताहरुलाई आन्दोनरत महिलाहरुले सोडेनीका रुपमा सघाउँदा समेत स्थानिय निकायको जन्म दिन नसकेको बताईएको छ ।

श्रोतका अनुसार जिविस भित्रको सभाहल भनिने अस्पताल भित्र सल्यकृया हुन नसके पछि हिजो दिउँसो तम्घासको एक होटलमा विशेष डाक्टरहरुलाई बोलाएर सल्यकृयाको प्रयास गरिएको थियो । घण्टौं सम्म प्रयास गरिए पनि स्थानिय पुनरसंरचना रुपी शिशु आधा भाग मैं अड्किए पछि नवजात शिशुको मुहार हेर्न र सेक्नका लागि वाहिर आगो फुक्दै र तेल तताउँदै वसीरहेका आफन्तजनहरुमा निरासा छाएको थियो ।
निरास आफन्तजन मध्येका एक जना भन्छन् – ‘यो गर्भ तेरो, यो मेरो’ को दहल-फसलका कारण विचमैं अडकिएको हो । अर्को एक श्रोत भन्छ –‘कार्यदलले गर्भधारण गराउने बेलामा भोलिको परिणाम ख्याल नगरेका कारण यस्तो हुनगएको हो । गर्भवतीहरु (शिर्ष नेताहरु) आजविहानै देखि तम्घासका विभिन्न अस्पतालहरुमा सफल शल्यक्रियाका लागि चिकित्सकहरु बिच परार्मशमा जुटेको बताइएको छ ।

मुख्य तिन वटा गर्भवती घरानहरु (प्रमुख तिन दल) एक आपसमा टस्कमश हुन नसके पछि छिमेकी अरु गर्भवतीहरुले शिशु जन्मदिने अर्को एक उपाय निकालेको जनाइएको छ । तर प्रमुख तिन दल भने गाउँघरे शैलीमै जन्म दिनुपर्छ भन्ने पक्षमै लागिपरेको स्रोत बताउँछ । कुनै एक दल भने डाक्टरले तोकेको शिशुको संख्या बढाउनु पर्छ भन्दै गरेको भन्ने सुनिएको छ । डाक्टरले दिएको म्याद हिजो अन्तिम हो भनिए पनि नौ महिनेको सट्टा कहि नभाको जात्रा हाँडी गाउँमा भने झैं दश महिने वा बाह्र महिने हुने हो की भन्ने चिन्ता आफन्तजनमा रहेको छ ।

छिमेकी जिल्ला पाल्पा लगायतमा भने अँस्तीदेखि नै पुर्नसंरचना रुपी शिशु जन्मेको खुसीयाली मनाइएको छ । छैठीँ समेत गरी न्वारनका लागि पशुपतिनाथ मन्दिर तर्फ (आयोग) जाँदै गरेको पाल्पाका एक पन्डितले बताएका छन् । तान्सेनले त्यति धेरै टाढा अर्गेलीकी मैयाँलाई टपक्कै टिपेर लैजाँदा समेत स्थानियले सहेका छन, तर दुई तिन घण्टाको दुरीमा रहेका गुल्मीका केहि मैयाहरुसँगको सम्बन्ध जोड्न खोज्दा पनि टाढा प¥यो, चिना–गोत्रा मिलेन जस्ता कुराहरुको अड्को थाप्ने सर्वसाधारण गुल्मीलीहरु पनि दोषी भएको पाल्पालीहरुको आरोप छ ।

गुल्मीमा सफल शल्यक्रिया हुन नसके रिफर गरी पाल्पा पठाइदिन वा हुतीहारा भर्याैँ भन्दै काठमाडौँको विर अस्पाताल पठाइदिन उनिहरुद्धारा सुझाव दिइएको छ । गुल्मीमा शुरुमा बढिमा नौ सन्तान जन्माउन भनिएको थियो । तर बाबुहरु (गाउँप्रमुखहरु) धेरै बन्ने चाहानामा बाह्र सन्तानको माग इश्वरसँग (आयोगसंग) गरिए पछि दयावान इश्वरले पुरा गराईदिएका थिए । तर गजबको कुरा शुरुमा नौ सन्तान पनि वढी हुन्छन, पाल्न सकिदैन भनेको एक वावुले – (एक दलले) अहिले तेह्र सन्तान ईश्वर (आयोग) सँग माग गरां,ै अंश-पात मिलाउन ग्राहो प¥यो भन्दै अड्को थापेको बताइएको छ । भावी सन्तानहरुको अंशपात कसैले वेशी–खेत रोज्ने, कसैले डाँडापाखा रोज्ने त कसैले बुढो घर मलाई नै चाहिन्छ भन्दै पाखुरा निमोठा–निमोठ गरेका कारणले पनि गर्भमा रहेको शिशुले लौ त खाऊ भनेर गर्भवतिहरुलाई थप पिडा दिन चाहेको तल्लो पेटश्रोतले बताएको छ ।
शिशु सेकसाकका लागि आगो फुक्ने र तेल तताउने कार्य सदरमुकाम तम्घास मात्र नभई आजविहानै देखि गौडाकोट, जुभुङ्ग, मजुवा, इन्द्रेगौडा, रिडी, खज्याङ् लगायतका स्थानमा पनि शुरु गरिएको जानकारी गराइएको छ । शिशु जन्मीने कुरामा ढुक्क भएका स्थानमा भने घिऊ–तेल, कुखु्रा लगायतको शिशु–सुत्केरी पोषणको जोरजाम हुन थालेको बताइएको छ ।
२०७३, कार्तिक–२३, गुल्मी ।

Comments

comments

Comments are closed.