कार्यकर्तालाई एमालेको पछी नलाग्न उपप्रधानमन्त्री एबं गृहमन्त्री निधीको आग्रह

  •  
  •  
  •  
  •  
  •  

अनिल खत्री
गुल्मी पुस ६ । नेपाल सरकारका उपप्रधान तथा गृहमन्त्री एबं काँग्रेस नेता बिमलेन्द्र्र निधीले पार्टीको निर्णय बिपरित आन्दोलनमा नलाग्न आग्रह गरेका छन् । गुल्मीको भाडगाँउमा नेपाली काँग्रेस गुल्मीका पूर्व सभापति चन्द्र केसीका वुवा ज्ञान बहादुर खत्रीको ११ औं दिनको अबसरका आयोजित शोक सभामा बोल्दै मन्त्रीनिधीले सरकारले संसदमा पेस गरेको संबिधान संशोधनमा पहाडी जिल्लाहरुलाई अलग गरी ल्याइएको बिधेयको बिरोधमा नलाग्न आफना नेता तथा कार्यकर्ताहरुलाई आग्रह गरेका छन् । मन्त्री निधीले सिमाङकन हेरफेर गुल्मी, पाल्पा, आर्घाखाँची लगायतका जनताको हितमा रहेकाले आफना कार्यकर्तालाई एमालेको पछी नलाग्न र पार्टी निर्णयको पक्षमा वातारण बनाउन नेता तथा कार्यकर्तालाइ निर्देशन दिए ।
नेकपा एमालेले अनाबश्यक आन्दोलन चर्काएको र संसदलाई समेत चल्न नदिएर संसधिए प्रणलीलाई अबरोध गरेकोले यसो गर्नु राष्ट्रियता विपरित काम गरेको आरोप लगाए । कांगेस नेता समेत रहेका निधीले आफुले प्रस्ताव गर्दा राष्ट्र हितमा हुने अरु पार्टीले गर्दा कसरी राष्ट्र घात हुन्छ भनेर एमालेलाई प्रश्न समेत गरे । मन्त्री निधीले नेकपा एमाले संघिएता बिरोधी पार्टी भएको भन्दै झुटको खेती गरेर आन्दोलनमा लाग्नेहरुबाट आफना नेता तथा कार्यकर्ता सर्तक रहन आग्रह गरे ।
प्रदेसको प्रस्ताव गर्दैमा राष्ट्रघाती नहुने र सिमाङकन पनि राष्ट्रियताको हितमा रहेको मन्त्री निधीले दाबी गरे । संबिधान घोषणा सगै नेपालमा राजतन्त्र, संघियता, समाबेशिता, धर्मनिरपेक्षता, मिश्रीत निर्वाचन प्रर्णाली परिर्वतन ल्याएकोले यसलाई संस्थागत गर्न नेपाली काँग्रेस लागी परेको बताए । नेता निधीले एमालेलाई तुरुन्त संसद चल्न दिई मन नपरेका बिषयमा छलफल गरि निकास खोज्न सुल्झाए । नेता निधीले गुल्मीमा चलेको आन्दोलनमा घाइतेहरु प्रति सिर्घस्वास्थ्य लाभको कामना गर्दै उपचारको व्यवस्था मिलाउन पहल हुने बताए । सोहि सभामा रक्षा मन्त्री बालकृष्ण खाँडले सिमाङकन हेरफेरमा जनताको असमति आउनु स्वाभाबिक रहेको तर आफु पार्टी निर्णयबाट पछी नहट्ने बताए । उनले पार्टीले यस प्रदेसका जनताको हितको लागी ल्याएको प्रस्ताव राष्ट्रहितमा रहेकोले पार्टी निर्णय नै सर्बपरिरहेको जिकिर गरे । शोकसभामा वनमन्त्री एबं काँग्रेस नेता शंकर भण्डारी, बाणिज्य राज्यमन्त्री सुर्वण ज्वारचन, काँग्रेस केन्द्रिय सदस्य पुस्पा भुसाल, ज्ञानेन्द्र कार्की, रुपन्देहीका संसद अब्दुल रज्जाक, गुल्मी क्षेत्र नं. १ का संसद डा. कृष्ण छन्तेल लागतायतका नेताहरुको सहभागिता रहेको थियो । साभामा काँगेस गुल्मीका सभापति एबं संयुत्त संघर्ष समिति गुल्मीका संयोजक भुवन प्रसाद श्रेष्ठले गुल्मेली जनताको भावनामा विपरित दर्ताप्रति पहाडी जिल्लाको सिमाङकन हेरफेरमा असहमती रहेको बताए । उनले नियोजित कसैलाई चित्त बुझाउन ल्याएको प्रस्ताव फिर्ता लिन मन्त्रीनिधी संग आग्रह गरे ।

गुल्मी जिल्लाको हरेक स्थानिय तहको चुनावी अप्डेट छिन-छिनमा पाउनको लागि गुल्मीन्युजको पेज लाईक गर्नुहोला ।
(यदी पहिले नै लाइक गर्नु भएको छैन भने मात्र)

Comments

comments

Comments are closed.