कांग्रेस र एमालेको भोट बराबरी, गोलाप्रथाबाट वडा अध्यक्ष चयन

  •  
  •  
  •  
  •  
  •  

सल्यान,जेठ २ । सल्यानको ढोरचौरमा गाउँपालिका वडा नम्बर ४ मा उम्मेद्वाररको छिनोफानो गोलाप्रथाद्वारा लगाइएको छ । ढोरचौर–४ को वडा अध्यक्षमा कांग्रेस र एमालेका उम्मेद्वारले बराबरी मत ल्याएपछि दोहोर्‍याएर मतगणना गरिएको थियो ।

दुबै पटक गन्दा पनि कांग्रेसका उम्मेद्वार दिनेश बिएम र एमालेका देवेन्द्र रोक्काले समान ३ सय २१ मत पाउनु भएको थियो । दोहोर्‍याएर मत गन्दा पनि बराबरी भएपछि गोलाप्रथाद्वारा विजेताको टुंगो लगाइएको हो । गोलाप्रथाबाट कांग्रेसका उम्मेद्वार दिनेश विएम विजयी हुनुभएको छ ।

Comments

comments

Comments are closed.