कांग्रेस माओवादीको तालमेल बिरुद्ध एमाले सुतेको छैन : नेता बिष्ट

  •  
  •  
  •  
  •  
  •  

टोपलाल अर्याल
गुल्मी, ३१ जेठ । नेकपा एमालेका केन्द्रिय सचिव गोकर्ण बिष्टले गुल्मीमा कांग्रेस माओवादीको तालमेल बिरुद्ध नेकपा एमाले सुतेर नवसेको बताएका छन् । उनले तालमेल र त्यसको परिणामा पहिलो चरणको चुनावमै जनताले फैसला गरिसकेकाले आत्तिनुनपर्ने बताए । चुनावी अभियानका लागि जिल्ला आएका पुर्व मन्त्री समेत रहेका बिष्टले बिपक्षहरुको तालमेलले केहि फरक नपर्ने भएकाले आफुहरुका सम्पुर्ण संयन्त्र त्यसको बिरुद्धमा गाउँ र टोलटोलमा लागेको बताए ।

बिष्टले स्थानीय निकायको चुनावमा आफुहरुको लडाई नेपाली कांग्रेससंग भएको बताए । तर आफुले सजिलै जित्न सक्ने ठाउँमा पनि कांग्रेसले अरु पार्टीसंग हार गुहार गरिरहेकाले एमाले बिजय नजिक रहेको बताए । ‘एमाले एक्लै लड्ने हो, जीत हार चुनाव हो,’ बिष्टले भने,‘आफुहरुले आश नगरेको स्थानमा समेत कांग्रेसले माओवादीको साथ खोज्नु नै एमालेको जीत हो ।’ अब नेपाली जनताको पार्टी एमाले भैसकेकाले जनतालाई एमाले बन्न र समृद्ध नेपाल निर्माण गर्न कुनै शक्तिले रोक्न नसक्ने उनले बताए । नेता बिष्टले देशमा राष्ट्रियता जोगाउने र समाप्त पार्नेबिच दुई शक्ति बिचको लडाई रहेकाले राष्ट्रियताको पक्षमा एमालेलाई जिताउन आग्रह गरे ।

लामो समयपछि हुन लागेको स्थानीय तह निर्वाचनमा उत्साहका साथ सहभागी बन्न सम्पुर्ण मतदाता एवं कार्यक्रर्ताहरुसंग उनको आग्रह छ । उनले राष्ट्रिय मुद्धाहरुका साथ पहिलो चरणको चुनावमा आफुहरु पहिलो पार्टी भएकाले सवै तहको चुनाव पछि एमालेले दुई तिहाईका साथ सरकार चलाउन चाहेको बताए । मंगलबार उनले नेकपा एमाले इस्मा गाउँपालिका अन्तरगतको हस्तिचौरको टार, दोहलीको कोटकोटेरी र मुसिकोट नगरपालिकाको पौदी अमराईको चुनावी सभालाई संबोधन गरेका थिए ।

Comments

comments

Comments are closed.