कांग्रेस-माओबादीको एकताले दम्भ र घमण्ड गर्ने एमालेलाई साइजमा ल्याउँछ: उम्मेदवार ज्ञवाली

  •  
  •  
  •  
  •  
  •  

गुल्मी, जेठ २६ । गुल्मीको रुरु गाउपालिकाकालाई देशकै नमुना बनाउने कांग्रेस-माओबादी संयुक्त प्यानलका उम्मेदबारले बताएका छन् ।

शुक्रबार बुटवलमा प्रचारप्रसार तथा भेटघाट कार्यक्रममा बोल्दै गाउपालिकाका अध्यक्षका उम्मेदबार नेकपा माओबादी केन्द्रका युवा नेता समेत रहेका यदु ज्ञवालीले रुरुमा एमालेले दम्भ र घमण्ड प्रदर्शन गरेकोले कांग्रेस माओबादीको एकताले एमालेलाई साइजमा ल्याएर आफुहरु बिजयी हुने दाबि गरे ।

ज्ञवालीले रुरु गाउपालिका धार्मिक तथा ऐतिहासिक महत्वको गांउपालिका भएकाले दीर्घकालिन बिकासका लागि आफुहरुले खानेपानी, सडक कालोपत्रे, खेलकुद क्षेत्र, रिङरोड सहितको एजेण्डा अगाडि सारेकोले जित निश्चित भएको बताए ।
yadu gyawali
उनले युवाको नेतृत्वमा भएको चुनाबी तालमेलले रुरु गांउपालिकाको मुहार फेर्ने दाबि गरे ।

गाउपालिकाका उपाध्यक्ष नेपाली कांग्रेसका नेता देबेन्द्र मल्लले बिकास र समृद्धिका लागि आफुहरुको जित अनिबार्य भएको बताए ।

मल्लले बिकासका नाममा एमालेले गुल्मीमा सिन्को सम्म नभांचेको तर गलत प्रचारबाजी गरिरहेको दाबि गरे ।

सो अबसरमा रुर ५ का वडा अध्यक्षका उम्मेदबार हरि ज्ञवाली, कृष्ण भण्डारी लगायतले बोल्दै जित अनिर्बाय भएको बताएका थिए ।

रुरु गुल्मीमा माओबादी कांग्रेसले चुनावी तालमेल गरेर चुनावमा होमिएका छन् । रुरु गांउपालिकामा ६ वटा गांउपालिकाछन् । -लोकान्तरबाट

Comments

comments

Comments are closed.