कांग्रेसले पायो पुर्णता, उपसभापतिमा वलाल, सचिवमा सापकोटा

  •  
  •  
  •  
  •  
  •  

प्रेम सुनार
गुल्मी, फागुन–२८ । नेपाली कांग्रेस गुल्मीको सातौं जिल्ला अधिवेशनको झण्डै एक वर्ष पछि पदाधिकारीले पुर्णता पाएको छ । सभापतिले मनोनयन गर्नु पर्ने प्रवधान अनुसार हिजो बसेको कांग्रेस जिल्ला कमिटीको पुर्ण बैठकले पार्टीलाई मिलाएर लैजान सुझाव दिए अनुरुप जिल्ला सभापति भुवनप्रसाद श्रेष्ठले पदाधिकारी पदलाई पुर्णता दिएको जनाईएको छ ।

जस अनुसार पुर्व पार्टी सचिव विष्णु वलाल उभापतिमा मनोनयन भएका छन् । त्यस्तै निर्वाचित जिल्ला सदस्य तथा महिला नेत्री विष्णुकुमारी सापकोटा सचिव र अस्लेवाका नेता गोपाल पाण्डेलाई सह–सचिवमा मनोनयन गरिएको सो पार्टीले आज पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।
मनोनयन गर्नु पर्ने ति जिल्ला सदस्यहरुको केहि दिन अघि नै आफुले मनोनयन गरी सकेको सभापति श्रेष्ठले बताए । उनका अनुसार अधिवेशनमा जिल्ला सभापतिका पराजित तिन उमेदवार शालिक पन्थी , छन्दबहादुर पहराई र वेद थापा मगर जिल्ला सदस्यमा मनोनयन भएका हुन् । गुल्मी कांग्रेसले सातौ जिल्ला अधिवेशन २०७२ साल फागुन ९ गते सुरु गरी ११ गते सम्पन्न गरेको थियो ।

Comments

comments

Comments are closed.