कांग्रेसमा रेसुंगा नगर बिबाद पन्थीको ‘नोट अफ डिसेन्ट’

  •  
  •  
  •  
  •  
  •  

टोपलाल अर्याल
गुल्मी, १६ जेठ । आगामी स्थानीय तहको चुनावका लागि गुल्मी जिल्लाको रेसुंगा नगरपालिकालाई बिशेष रुपमा हेरिएको छ । अहिले बाहिरी बृतमा दुई खाले चर्चा गरिन्छ । एउटा एमालेहरुको सिंङ्गो ध्यान रेसुंगा नगरपालिका कसरी पल्टाउने भन्नेमा छ । अर्को कांग्रेस र माओवादी केन्द्र भने एमालेले आफ्नो लाल किल्ला ठान्ने क्षेत्र नं ३ भत्काउनै केन्द्रित छन् । समय धेरै छैन । भुईको पैसा टिप्दा खोजीको पैसा कस्को फुस्किन्छ ? त्यो चुनावले देखाउने कुरा हो ।

नेपाली कांग्रेस उमेदवार छनौट समितिको बैठकमा मेयर पदका लागि गरिएको निर्णय र असहमती माइनुट ।

दुई नगरपालिका र १० गाउँपालिका मध्ये पहिलो रेसुंगा नगरपालिकालाई कांग्रेसले आफ्नो पकड क्षेत्र भन्दै आएको छ । तर एमाले त्यो अवस्था तोड्ने दाउमा छ । स्थानीय तहको निर्वाचनको मिति तोकियो । एमालेले सवैभन्दा पहिला रेसुंगा नगरपालिकामा सचिवालय सदस्य डिल्लीराज भुसाललाई मेयरमा चर्चा ग¥यो । अन्त्यममा भुसालले नै उमेदवारी पाए । तर आफुलाई रेसुंगा नगरपालिकामा अब्बल ठान्ने नेपाली कांग्रेसमा भने किचलो यद्यपी कायम छ । जिल्लाको हिसावमा पनि सवै भन्दा ठुलो पार्टी कांग्रेस हो । तर एमाले, माओवादी केन्द्र र नयाँशक्तिले भन्दा अन्तिममा नगर तथा गाउँपालिकाका उमेदवार टुङग्याएको छ ।

पछिल्लो समय सामाजिक संजालहरुमा पार्टी सभापति भुवन प्रसाद श्रेष्टले उमेदवारी पाएको ठुलै चर्चा छ । यद्यपी छनौट समितिले निर्णय गरेको पनि पक्का नै हो । तर सवै भन्दा शुरुबाटै मेयरको उमेदवार भनेर चर्चामा आएका कांग्रेस नेता शालिकराम पन्थीले त्यो निर्णय पुर्वाग्रही भनेका छन् । छनोट समितिले पार्टी सभापति श्रेष्टलाई नै मेयरको उमेदवार बनाएपनि सर्वसम्मत हुनुपर्ने उनको तर्क छ । छनौट समितिको पुर्वाग्रही निर्णय प्रति पन्थी र पार्टी कोषाध्यक्ष हरि बहादुर केशीले नोट अफ डिसेन्ट नै लेखेका छन् । जसले गर्दा नगर भित्र चुनावी बिबाद चुलिदै गएको छ । ‘पार्टी कोषाध्यक्ष सहितका नेताहरुले असहमति जनाएका छौ,’नेता पन्थीले भने,‘ हरि जी र मैले माइनुटमा असहमति साथ हस्ताक्षर गरेका हौ ।’

निर्णय अविलम्ब सच्याएर सर्व सम्मत मेयरको उमेदवारी नपरे आफुहरु माथी पार्टीले घात गर्ने बताए । पार्टीका सवै अवसर सिमित व्यक्तिले मात्र लिनु पार्टी म¥र्यादा विपरित हुने पन्थीले प्रतिक्रिया दिए । पार्टीको भर्खरै सम्पन्न अधिवेशनमा समेत सभापति पदका लागि पन्थी श्रेष्टका निकटतम प्रतिद्धन्दी हुन् । कांगेस भित्रकै केहि शुभचिन्तकहरुले समेत कांग्रेस नगरको किचलोको फाइदा बिपक्षहरुले लिने बताउँछन् । बिपक्षहरुले भने अहिलेकै अवस्था कायम रहे सके गोल गर्ने नभए पेनाल्टि भएपनि पाउने आशमा छन् । कांग्रेस एक नेताका अनुसार श्रेष्टको उमेदवारी प्रति नगरभित्रकै महत्वपुर्ण दुई खेमा नै असन्तुष्ट रहेका छन् । कांग्रेसले बिचार पुराएरै निर्णयको सहि व्यावस्थापन नगरे स्थानीय चुनावमा मौका गुमाउन सक्ने समेत उनले चेतावनी दिए ।

Comments

comments

Comments are closed.