कविता – हामी प्रवासी नेपाली (भिडियो बाचन सहित)

  •  
  •  
  •  
  •  
  •  

हामी प्रवासी नेपाली
नेपाली जन हो पराई भुमीमा यो भूमीमा चम चम गरि बल्नु है
बुटो ठिंग रहोस परन्तु फल त्यो झुप्पा बनि फल्नु है
चन्द्र सुर्य फिजाउदै मजुर त्यो लन्डन तिर झर्नु रे
राख्नु देश नेपाल यो मुटु भरी आशा अरु गर्नु के ?phadindra photo photo

जाती धर्म र भेषको विविधता संसार के बुझ्छ खै
छानो अग्लो हिमालको जग भए सागर के रुझ्छ खै
आफ्नै देश बोकेर विदेश तिरनै हामी रमाउने हो की
बुद्द गौतम जानकी जनकको निष्ठा कमाउने हो की ?

नेपाली मनका नदी र झरना कलकल बगेरै रहून्
उता सुर्य उदाउदा मन यता झल्झल बनेरै रहून
बारी काल्ना र खेतमा लहलह यी मन झुलेरै बसुन
बोक्दै देश नेपाल यो मनभरी संसार डुलेरै बसुन !

कोही सोद्छ विदेशको रसोईमा पकवान के हुन्छ र
खान्छौं गुन्द्रक दाल भात सहजै सम्झेर को रुन्छ र
टोपी डुल्छ यता उती शहरमा बोकर नेपाल त्यो
खान्छौ जिम्मु र हिमशील ओखती जोखेर हिमालको को !

वस्तु चर्न झरी उतै चउरमा डेरा जमाउछन् अरे
गर्नु दुख गरी यतै शहरमा हामी रमाउछौ हरे
हाम्रो भक्ति बनोस उतै उभो तिरै कैलाशको फेंदमा
हाम्रो शक्ति अडोस रे ग्रन्थ हरुका वुद्दादी र वेदमा !

पुर्खा पौरखको अनादी पलमा सामुन्नेको यादले
हाम्रो गौरवको छ दर्शन सधै के जित्छ कुन वादले
स्वज्ञान यही बुझौं की त स्वजन हो नेपाल हाम्रो घर
पुस्तामा पनि लौ अब नव कथा यस्तै सुनाउने गर !

हाम्रो प्राण र हम्शमा हरघडी धड्किन्छ नेपाल त्यो
रात दिन बिहान हरदम सधै खडकिन्छ नेपाल त्यो
हाम्रो पुज्य अभाज्य देश जननी माथा चढाउ कि त
घुम्दै देश जगत भरी जननीकै गाथा चढाउ कि त ।

फडिन्द्र भट्टराई
आँपचौर, गुल्मी
हाल्: बेलायत (लन्डन)

Comments

comments

Comments are closed.