कविता: मेरी आमा

  •  
  •  
  •  
  •  
  •  

-सन्जय अर्याल
दिनभर खेतबारीमा डल्ला फुटाइ ।
सधै भर मेरै लागी अन्न जुटाइ ।।
पालेकी थियौ मेरी आमा ।

डोकाहरुमा घास बोक्दै गर्दा ।
हेपिएका सासहरु फेर्दै गर्दा।।
मेरै आधारमा बाँचेकी थियौ मेरी आमा ।

दस नङ्ग्रा खियाएर ।
फाटेका मनहरुलाइ सिलायर ।।
हिडिरहेकी थियौ मेरी आमा।

दुनियाको गाली सहि ।
आफ्नै अधीनमा रही ।।
बाँचेकी थियौ मेरी आमा।

आफुले नखाइ मलाइ पढाई ।
मेरै नाममा देउतालाई कति भेटी चढाइ।।
हिँडेकी थियौ मेरी आमा।

हो आमा अहिले म ठूलो भएको छु ।
सारा कुरा बुझ्ने भएको छु ।।

तिमिलाइ सारा सन्सारले गन्ने बनाउँछु ।
तिम्रो छोराको नाम असल ठान्ने बनाउँछु ।।
मेरी आमा तिमिलाइ सन्सारले गन्ने बनाउँछु

गुल्मी हाल दाङ
स्नातक तेस्रो बर्ष (कृषि विद्यार्थी)

Comments

comments

Comments are closed.