कविता: नागरिक “म”

  •  
  •  
  •  
  •  
  •  

-सन्जय अर्याल
म त्यो देश को नागरिक हु जहाँ
परिचय छैन आफ्नै देशको
न त मान्यता नै छ भेष को।।

म त्यो देश को नागरिक हु जहाँ
नेताहरुलाइ चिल्लो गाडिमा घुमाइन्छ
र देशभक्त नागरिक लाई दिनदिनै गुमाइन्छ।।

म त्यो देश को नागरिक हु जहाँ
आफ्नै देशको कानुन बन्छ
अरुको आदेश नमाने देश नै जल्छ।।

म त्यो देशको नागरिक हु जहाँ
मित्रता को नाममा नागरिकलाइ भड्काइन्छ
र सोझा साझा जनतालाइ गोलि पड्काइन्छ।।

सुनिन्छ लोकतन्त्र मा जनता ले नै शासन गरेको
देखिन्छ तेसैको नाम मा अनेकौं नागरिक मरेको
हो म त्यो देशको नागरिक हु।।

हो हामी फेरि एकपटक जुट्नु छ
देशका लागि फेरि एकचोटी उठ्नु छ
म यो देशको नागरिक हु भनी गर्ब गर्न सक्ने
बाटो बनाइ तेसै मा हिड्नु छ।

मर्भुङ्ग, गुल्मी
हाल: दाङ

Comments

comments

Comments are closed.