कमलाको आँखामा नओभाएका आँसु: छोरा बितेको दश दिनमै श्रीमानको मृत्यु

  •  
  •  
  •  
  •  
  •  

टोपलाल अर्याल
गुल्मी, पुस २ । दोहली ४ की कमला थापाको आँखाको आँसु अझै ओभाएको छैन । ३६ बर्षे छोरो गुमाएकी उहाँ शनिबार बिहान सम्म अचेत जस्तै हुनुहुन्थ्यो । मृत्यु शब्द कसैको लागी प्रिय हुँदैन । मृत्युको पीडा भुल्न धेरै समय लाग्छ ।

यो पीडा कमलाले कहिले सम्म भुल्नुहुन्थ्यो त्यो उहाँमा नै भरपर्ने कुरा थियो । तर दैवले उहाँ माथी सहनै नसक्ने र भुल्नै नसक्ने अर्को पीडा थपिदिएको छ । जसले शोकमा डुबेको परिवार मात्र होइन सिङ्गो गाउँ नै दुःखमा रहेको छ ।
जेठो छोरा लक्ष्मण बितेको आज १० दिन भए । पीडाका बिच बुबा झल बहादुर थापा किरियामा बस्नुभएको थियो । तर आज अचानक उहाँको पनि निधन भयो । छोराको किरियाकै दश दिने काममा रहेका बेला नुहाएर बसेका थिए, छिमेकी केशव जिसीले भन्नुभयो चिया खाएको एक्कै छिनमा मृत्यु भएछ । जिसीका अनुसार झल बहादुरलाई केहि समय अगाडी दमको सामान्य समस्या थियो । अहिले छोराको निधनको पीडा माथी दैवले थपेको अर्को बज्रपातले थापा परिवार, आफन्तजन र गाउँघर शोकमग्न रहेको छ । दिवंंगत थापाको आजै अन्त्येष्टी गरिएको छ ।

Comments

comments

Comments are closed.