कपडा सिलाएर घर फर्किदा सामुहिक बलात्कारमा परेकी महिलाको मृत्यु

  •  
  •  
  •  
  •  
  •  

पोखरा, १ असार । अर्घाखाँचीमा सामुहिक बलात्कार भए पछि एक महिलाको ज्यान गएको छ । बुधवार साँझ साढे ७ बजे गुल्मी खर्ज्याङबाट कपडा सिलाएर घर तर्फ फर्किने क्रममा बलात्कारको सिकार भएकी अर्घाखाँची छत्रदेवी गाउँपालिका १ की २१ वर्षिय महिलाको मृत्यु भएको हो ।

उनलाई अर्घाखाँची छत्रदेव गाउँपालिका १ सानो चिदिका स्थित धान खेतमा अपरिचित व्यक्तीहरुले जवरजस्ती करणी गरेको प्रहरीले जनाएको छ । बेहोस अबस्थामा मिसन अस्पताल पाल्पा ल्याइएकोमा उपचारको क्रममा राती साढे १२ बजे उनको ज्यान गएको हो ।

घटनामा संलग्न रहेको आशंकामा अर्घाखाँची सन्धीखर्क नगरपालिका २ का १ जनालाई नियन्त्रणमा लिइएको पश्चिम क्षेत्रीय प्रहरी कार्यालय पोखराले जनाएको छ । घटनाको विषयमा अनुसन्धान भैरहेको प्रहरीको भनाई छ ।

Comments

comments

Comments are closed.