कतारमा गुल्मेलीको बनभोज

  •  
  •  
  •  
  •  
  •  

फाल्गुन २३, २०७३ । गुल्मी सेवा समाज कतारले वैदेशिक रोजगारीको लागि आएका जिल्लावासीसँग समधुर सम्बन्ध कायम गर्नको लागि सांस्कृतिक कार्यक्रम सहित पाँचौं बृहत बनभोज गरेको छ ।

संस्थाका अध्यक्ष बुद्ध पाण्डेको सभापतित्वमा सम्पन्न बनभोजमा सहभागीलाई सम्बोधन गर्दै प्रमुख अतिथि गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदका केन्द्रीय सदस्य बिनोद भट्टराईले जिल्लाबासीबीच एकअर्कासँग चिनजान मात्रै नभएर सुखदुख बाँड्ने थलोको रुपमा बिकास भएको बताए ।
gulmi sewa samaj qatar
कार्यक्रम सह–संयोजक सुरज बिसीका अनुसार गुल्मीबाट रोजगारीको लागि आउने साथीहरु बढिरहेकोले सरसहयोगको लागि बनभोज आयोजना गरिएको हो । कार्यक्रममा गुल्मेली माग्ने बुढा (सुरज बिसी)को अभिनयले दर्शकको मन जित्न सफल भए । लोक तथा दोहोरी गायक ईश्वर भण्डारी, सुसान्त केशी, अविरल अजित, अंकिता खत्री, बिरु केसी, लोकनाथ बिसी लगायतले गित प्रस्तुत गरेका थिए । त्यस्तै डान्सर धन पुन, मोडल तथा डान्सर लक्ष्मी गिरीले नृत्य प्रस्तुत गरेका थिए । गायक सरद पाण्डेले ओरालीमा वर बोलको पन्चेबाजाको गित प्रस्तुत गरेका थिए ।

समाजको आधिकारिक वेबसाइट गुल्मी सेवा समाज डट ओआरजी उद्घाटन गरिएको थियो ।
तराई मधेस मञ्चका अध्यक्ष हुसेन खान, प्रवासी नेपाली मञ्चका अध्यक्ष रामहरि गैरे, जनसम्पर्क समितिका सभापति केशव भुसाल, गैर आवासीय नेपाली राष्ट्रिय समन्वय परिषदका सचिवालय सदस्य मो. मुक्तदा मुसलमान लगायतले मन्तव्य प्रस्तुत गरेका थिए ।

प्रवासमा रहेर पनि बनभोज तथा सास्कृतिक कार्यक्रमको आयोजना गरी दुख पिडा सँगै श्रम गरिरेहका नेपालीलाई स्वदेशको झल्को मेटाउने छुट्टै माहोलको श्रृजना गरेको अध्यक्ष पाण्डेले बताए । -ईकान्तिपुरबाट

Comments

comments

Comments are closed.