प्रवास

कतारमा गुल्मी समाजको १५औं वार्षिकोत्सव सम्पन्न

कुमार अविरल पन्थी
कतार । गुल्मी सेवा समाज कतारको प्रतिबद्धता, निस्वार्थ समाज सेवा आजको आवस्यकता भन्ने मूल नाराका साथ गुल्मी सेवा समाज कतारको १५ औ वार्षिकोत्सव तथा वार्षिक भेला कार्यक्रम शुक्रबार सम्पन्न भएको छ ।

कार्यक्रममा अध्यक्ष बुद्ध पाण्डेको सभापतित्व रहेको थियो । प्रमुख अतिथिमा द्रोणबहादुर बस्नेत, बिशेष अतिथिमा प्रमुख सल्लाहकार शिव खड्का, सल्लाहकार बिजय बिक्रम बस्नेत, भिम तरामु मगर, कुलचन्द्र बस्नेत महिला संयोजक बिष्णु खत्री रहेका थिए ।
gulmi sewa samaj qatar
अतिथिहरूमा समाजका आजीवन सदस्य अर्जुन मरासिनी, महिला सदस्य मन्जु बलाल, अतिथि रहेका थिए ।

रोजगारीको सिलसिलमा कतारमा कार्यरत गुल्मेलीहरुको जल्दो बल्दो उपस्थिति रहेको थियो ।

कार्यक्रममा समाजका विभिन्न कार्यक्रमहरुमा महत्वपूर्ण योगदान दिनुहुने व्यक्तित्व एवम् सम्मान गरिएको थियो । साथै सोहि कार्यक्रममा समाजले प्रदान गरेको आजीवन सदस्य हरुलाई आजीवन सदस्यताको प्रमाण पत्र प्रदान गरिएको थियो ।

Show More
Close

Adblock Detected

कृपया हजुरको ब्राउजरमा बिज्ञापन रोक्ने एप्लिकेशन डिसेबल गरेर हाम्रा समाचारहरु हेर्न सक्नुहुनेछ ।