एसईई परिक्षा दिने बिद्यार्थी पौडी खेल्ने क्रममा कालिगण्डकीमा बेपत्ता

  •  
  •  
  •  
  •  
  •  

अनिल खत्री
गुल्मी, चैत्र ०७ । माध्यामिक शिक्षा परिक्षा कक्षा– १० को परिक्षा दिन गुल्मीको रिडि आएका एक विद्यार्थी रिडि स्थित कालीगण्डकीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका छन ।

पौडी खेल्ने क्रममा बेपत्ता हुने विद्यार्थीमा जिल्लाको ठुलो लुम्पेक वडा नं. २ घर भएका चेतन सिंज्याली रहेको इलाका प्रहरी कार्यालय रिडी गुल्मीले जनाएको छ ।
उनि सगै चार जना साथिहरु सहित आइतवार दिउँसो पौडी खेल्न कालीगण्डकी नदिमा गएका थिए । पौडी खेल्ने क्रममा चेतन अचानक खोलाले बगाए पछी बेपत्ता भए हुन । बेपत्ता भए पछि स्थानीयवासी, प्रहरी तथा उनका आफन्तहरुले कालीगण्डकीमा खोजी कार्य जारी राखेको प्रहरीले जनाएको छ ।

Comments

comments

Comments are closed.