एमाले पछि माओवादी केन्द्र गुल्मीबाट नगर र गाउँपालिका लागी उम्मेदवार छनोट

  •  
  •  
  •  
  •  
  •  

अनिल खत्री
गुल्मी जेठ ९ । पहिलो चरण स्थानिय तह निर्वाचन सम्पन्न पछी निर्वाचन नभएका स्थानहरुमा दलिय गतिबिधीहरु वढ्न थालेका छन् । दोस्रो चरण आगामी जेठ ३१ गते हुने स्थानिय निर्वाचकको निम्ती गुल्मीमा पनि चुनावी सरगर्मी सुरु भएको छ ।

गुल्मीमा रहेका २ नगरपालिका र १० गाउँपालिका सहित ९३ वडाको लागी बिभिन्न पार्टी भित्र उम्मेदवार कल्लाई बनाउने बारे बिशेष चर्चा पार्टी चलिरहेको छ । उम्मेदवार छान्नको निम्ती पार्टीका दिनहु बैठक छलफलहरु भइरहेको जनाएका छन् । कतिपय दलहरुले केहि उम्मेदवारहरु छनोट गरेका छन् भने केहि छलफलमा व्यस्त रहेका छन् । स्थानिय तह निर्वाचनको निम्ती माओवादी केन्द्र गुल्मीले नगरपालिका र गाउँपालिका प्रमुख उपप्रमुख उम्मेदबारहरु छनोट गरेको छ ।
माओवादी केन्द्र गुल्मीले जिल्ला दुइ नगर मध्ये रेसुङ्गा नगरपालिकामा मेयर धर्म बिश्वकर्मालाई उम्मेदवार बनाउने निर्णय गरेको छ,भने मुसिकोट नगरपालिकाको मेयरपदमा खुमबहादुर थापालाई उम्मेदवार बनाउने निर्णय गरेको माओवादी केन्द्र गुल्मीका जिल्ला अध्यक्ष बिरबहादुर कार्कीले जानकारी दिए ।
जिल्लामा रहेका १० गाउँमालिकाहरुमा इस्मा गाउँपालिकामा प्रमुखमा बिमला थापा, उपप्रमुखमा दुर्गा बोहरा उम्मेदवार बनाएको छ । त्यस्तै मादाने गाउँपालिका प्रमुखमा बेगमचन्द बोहरा, धुर्कोट गाउँपालिका प्रमुखमा भुपाल पोखरेललाई उम्मेदवार बनाएको छ ।
त्यस्तै गुल्मी दरवार गाउँपालिकाको प्रमुखमा सिता पाण्डेय,उपप्रमुखमा मनिराम ज्ञवाली, छत्रकोट गाउँपालिका प्रमुखमा रामप्रसाद पाण्डेय, रुरु गाउँपालिका प्रमुखमा यदुज्ञवाली उम्मेदवार बनाउने निर्णय गरेको अध्यक्ष कार्कीले जानकारी दिए । चन्द्रकोट गाउँपालिकाको प्रमुखमा युवराज केसी,सत्यवती गाउँपालिकामा पूर्णबहादुर राना, कालिगण्डकी गाउँपालिका प्रमुख ओमप्रकाश न्यौपानेलाई बनाउने निर्णय भएको पार्टीले जनाएको छ । पाटीैले आकांक्षी वढी भएपछी गाउँपालिका प्रमुखमा उम्मेदवार टुङगाएको छैन् । केहि गाउँपालिका उपप्रमुखहरु टुङ्गाएपनी केहि उम्मेदवार टुङ्गो लागीनसकेको माओवादी केन्द्र गुल्मीले जनाएको छ । उपप्रमुख सहित वडा अध्यक्ष छनोटका लागी पार्टी भित्र छलफल जारी रहेको बताइएको छ ।
कसैसंग चुनावी तालमेल हुँदैन
माओवादी केन्द्र गुल्मीले केहि दिन अघि एमाले संग चुनावी तालमेल गर्ने सहमती भएको थियो । उक्त सहमती बिचैमा भाडिएपछी कुनै पनि पार्टी संग तालमेल नगर्ने जनाएको छ । एमाले संग भएको तालमेल कार्यन्वयन हुन सकेन माओवादी केन्द्र गुल्मीका अध्यक्ष बिरबहादुर कार्कीले भने ‘अब कसैसंग चुनावी तालमेल हुँदैन हामीले पनि उम्मेदवार छानी सकेयौ चुनाव एक्लै लडिन्छ ।’
कांग्रेस गुल्मीमा छलफल जारी
नेपाली कांग्रेस गुल्मीले पनि उम्मेदवार छान्न छलफल जारी रहेको जनाएको छ । सबै नगर गाउँपालिका सहित वडाहरुको उम्मेदवार छान्न अन्तिम प्रयास भइरहेको कांग्रेस गुल्मीका सभापती भुवन प्रसाद श्रेष्ठले जानकारी दिए ।
एमाले गुल्मीबाट कोको छन् उम्मेदवारहरु?
पार्टी भित्रको बिभिन्न क्रियाशिलता,योगदान र सम्बन्धी नगर गाउँपालिकाहरुमा जित्ने आधार भएकालाई उम्मेवादर बनाउने निर्णण भएको नेकपा एमाले गुल्मीका सचिवालय सदस्य जंग नेपालीले जानकारी दिए । एमाले गुल्मीले दुइ नगर मध्ये रेसुङ्गा नगरपालिका मेयरपदमा डिल्लीराज भुसाललाई उम्मेदवार बनाउने निर्णय गरेको छ,भने मुसिकोट नगरपालिकामा मेयरपदमा सोमनाथ सापकोटा र उपमेयरमा कामला शर्मालाई नगरप्रमुखको उम्मेदवार बनाउने निर्णय गरेको पार्टीले जनाएको छ ।
जिल्लामा रहेका १० गाउँमालिकाहरुमा इस्मा गाउँपालिकामा प्रमुखमा लक्ष्मण बिष्ट र उपप्रमुखमा बिमला केसीलाई उम्मेदवार बनाएको छ । त्यस्तै मालिका गाउँपालिकामा प्रमुखमा रितबहादुर थापा निर्णय गरेको छ । त्यस्तै मादाने गाउँपालिका प्रमुखमा दानबहादुर केसी उपप्रमुखमा सरिता खड्का, धुर्कोट गाउँपालिका प्रमुखमा कृष्ण घिमिरे उपप्रमुखमा रिता थापालाई उम्मेदवार बनाएको छ ।
त्यस्तै गुल्मी दरवार गाउँपालिकाको प्रमुखमा कृाष्ण भुसाल उपप्रमुखमा शुसिला पुन, छत्रकोट गाउँपालिका प्रमुखमा मधुकृष्ण पन्त उपप्रमुखमा नर्मदा भण्डारी, रुरु गाउँपालिका प्रमुखमा निलकण्ठ गौतम उपप्रमुखमा रलक्ष्मी पन्तलााई उम्मेदवार बनाउने निर्णय गरेको छ । चन्द्रकोट गाउँपालिकाको प्रमुखमा मिमलाल श्रेष्ठ उपप्रमुखमा राधिका अर्याल,सत्यवती गाउँपालिकामा अमरसिंह सिंजापती उपप्रमुखमा सुर्वण शाही र कालिगण्डकी गाउँपालिका प्रमुख टिकाराम ढकाललाई उम्मेदवार बनाउने निर्णय भएको एमाले गुल्मीले जनाएको छ ।
एमाले गुल्मीले स्थानिय स्तरमा तालमेल गर्न भन्दै तिन जना उपप्रमुख छनोट गरेको छैन् । अन्य पार्टी संग तालमेल गरेर निर्वाचनमा जानको लागी भन्दै रेसुङ्गा नगरपालिका उपप्रमुख, मालिका गाउँपालिका उपप्रमुख र कालिगण्डकी गाउँपालिकाको उपप्रमुखमा तालमेलको लागी अन्तिम प्रयास स्वररुपम उम्मेदवार छनोटमा ढिलाई भएको एमाले गुल्मीका सचिव सोमनाथ सापकोटाले जानकारी दिए । पार्टीले जिल्लाका सबै वडा अध्यक्ष सहित सम्पुर्ण उम्मेदवार छनोट कार्य अन्तिम चरणमा पुर्याएको सचिव सापकोटाले जानकारी दिए । जिल्लामा अन्य पार्टीले पनि उम्मेदवार छान्न अन्ति प्रयास भइरहेको जनाएका छन् ।
कति मतदाता?
गुल्मीमा १ लाख ८० हजार ७ सय ७५ कुल मतदाता संख्य रहेको जिल्ला निर्वाचन कार्यालय गुल्मीले जनाएको छ । जिल्लामा रहेका २ नगरपालिका र १० गाउँपालिकामा उक्त मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय गुल्मीले जनाएको छ । कुल मतदाता मध्ये ९४ हजार ७ सय ५९ जना महिला र ८६ हजार १५ जना पुरुष मतदाता रहेका छन् । मतदाता मध्ये गुल्मीमा १ जना तेस्रो लिङ्ग रहेका छन् ।
महिला मतदाता बढी
गुल्मीमा कुल मतदाता मध्ये महिला मतदाता संख्य वढी रहेको छ । पुरुष मतदाता भन्दा ८ हजार भन्दा वढी महिला मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय गुल्मीका प्रमुख गणेश बहादुर खत्रीले जानकारी दिए । कुल मतदाता मध्ये ९४ हजार ७ सय ५९ जना महिला र ८६ हजार १५ जना पुरुष मतदाता रहेका छन् । मतदाता मध्ये गुल्मीमा १ जना तेस्रो लिङ्ग रहेका छन् । जिल्लामा १ लाख ८० हजार ७ सय ७५ कुल मतदाता संख्य रहेको जिल्ला निर्वाचन कार्यालय गुल्मीले जनाएको छ । जिल्लामा पुरुष भन्दा महिला मतदाता वढी हुनुमा अधिकांश युवाहरु रोजगारीको शिलसिलामा बिदेसमा रहेकाले महिला वढी भएको निर्वाचन गुल्मीका सुचना अधिकृत लक्ष्मण पाण्डेयले बताए ।
कुन स्थानिय तहमा मतदाता वढी कुनमा कम?
जिल्लामा रहेका २ नगरपालिका र १० गाउँपालिका मध्येसबैभन्दा बढी मतदाता भएको स्थानीय तहमा मुसिकोट नगरपालिका रहेको छ उक्त नगरपालिकामा १९ हजार ४सय ८५रहेका छन् भने सबैभन्दा कम मतदाता भएको स्थानीय तहमा कालिगण्डकी गाउँपालिका १२ हजार ६ सय ३४ रहेको छ । जिल्लामा सबैभन्दा बढी मतदाता संख्या भएको वडा छत्रकोट गाउँपालिका वडा नं ३ हर्दिनेटा ३३ सय २७ रहेको छ भने सबैभन्दा कम मतदाता संख्या भएको वडामा रेसुङ्गा नगरपालिका वडा नं १३ दुविचौर ६ सय ८६ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय गुल्मीका सुचना अधिकारी लक्ष्मण पाण्डेयले जानकारी दिए ।
गुल्मीमा १ सय ३८ मतदान स्थल कायम
जिल्ला निर्वाचन कार्यालय गुल्मीले स्थानीय तहको चुनावका लागि जिल्लामा १ सय ३८ मतदान स्थलहरु कायम गरेको छ । कार्यालयले विगतका १ सय २९ मतदान स्थलहरुलाई यथावत राख्दै नौ वटा नयाँ मतदान स्थलहरु थप गरेको हो । विगतमा कतिपय मतदान स्थलमा मदतादाहरुलाई पुग्न समस्या परेको भन्दै उनीहरुको समस्यालाई ध्यानमा राख्दै नयाँ स्थलहरुको थप गरेर १ सय ३८ राखिएको जिल्ला निर्वाचन कार्यालय प्रमुख गणेश बहादुर खत्रीले बताए ।
नयाँ थप गरिएका मतदान स्थलका केन्द्रहरुमा मुसिकोट नगरपालीकामा जनता निम्न माध्यमिक विद्यालय आरुपाटा, रेसुङ्गा नगरपालीकामा रेसुङ्गा मावि धागिथुम, सिद्धबाबा मावि खानीगाउँ, रानीपोखरी मावि रानीपोखरा रहेका छन् । त्यसैगरि काली गण्डकी गाउँपालीकामा देस्थिान प्रावि लम्सराङ्ग, सत्यवति गाउँपालीकामा गगनपुर निमावि थुम्का, चन्द्रकोट गाउँपालीकामा जनता निकेतन मावि पिपलपाटा, रुरु गाउँपालीकामा रुद्रवेणी प्रावि वेनी र धुर्कोट गाउँपालीकामा भगवती मावि द्वानेटा रहेका छन् ।
जिल्ला निर्वाचन कार्यालयले नगरपालीका र गाउँपालीकाका ९३ वडाहरुमा २ सय ४० वटा मतदान केन्द्रहरुको संख्या निर्धारण गरेको छ । स्थानीय तहको चुनाव नजिकिदै गएको अवस्थामा कार्यालयको तर्फवाट जिल्लामा चुनावी गतिविधिलाई तिब्रता दिंदै गएको बताईएको छ । जिल्लामा रोकिएको मतादाता शिक्षा कार्याक्रमहरु पनि पुनः सञ्चालनमा आएको निर्वाचन कार्यालय गुल्मीका सुचना अधिकृत लक्ष्मण पाण्डेयले जानकारी दिए । निर्वाचन सरेर सुस्ताएका मतदातालाई उत्साह थप्दै मतादाता शिक्षाको लागी कर्मचारीहरु खटीएको अधिकृत पाण्डेयले जानकारी दिए ।

Comments

comments

Comments are closed.