एमाले नेता पराजुलीलाई मातृ शोक

  •  
  •  
  •  
  •  
  •  

टोपलाल अर्याल
गुल्मी, बैशाख ९ । नेकपा एमालेका जिल्ला सचिवालय सदस्य लक्ष्मण पराजुलीलाई मातृ शोक परेको छ । उनकी आमा नमकला पराजुलीको शनिवार ९२ बर्षको उमेरमा निधन भएको छ ।

केहि समयदेखि बिरामी परेकी उनको आफ्नै घर अम्मरपुरमा निधन भएका एमाले नेता हिरा एसीले बताए । उनका दुई भाई छोरा र एक छोरी रहेका छन् । लक्ष्मण पराजुली एमाले जिल्ला सचिवालय सदस्य हुन । भने नारायण पराजुली क्षेत्रिय कमिटी सचिवालय सदस्यय हुन् । नमकलाको पार्थिक शरिरमा एमाले केन्द्रिय सदस्य गोकण बिष्टले अन्तिम श्रद्धाञ्जली दिए । साथै केन्द्रिय सदस्य ठाकुर प्रसाद गैरे, कमलराज श्रेष्ट जिल्ला कमिटी गुल्मीका पदाधिकारी लगायतले अन्य पार्टीका नेता तथा कार्यकर्ताहरुले श्रद्धाञ्जली सभामा भाग लिएका थिए ।
numkala death
त्यस्तै बिहान एमाले जिल्ला पार्टी कार्यालयमा श्रद्धाञ्जलीका लागि दिवङगत पराजुलीको शब केहिवेर राखिएको थियो । पराजुलीको शनिवारनै पवित्र धाम रिडीमा अन्त्येष्टी गरिदै छ ।

Comments

comments

Comments are closed.