एमाले नेताहरु चढेको जीप दुर्घटना

  •  
  •  
  •  
  •  
  •  

बागलुङ, १४ फागुन
नेकपा एमालेका वैकल्पिक केन्द्रीय सदस्य गोविन्द नेपाली सहितका नेताहरु चढेको जीप शुक्रवार दुर्घटना भएको छ । बागलुङको बुर्तिबाङबाट बोबाङतर्फ जादै गरेको ध.१ ख ८१ नम्बरको जीप शुक्रवार बिहान पौने १२ बजे अधिकारीचौर गाविस वडा न. ९ साराखेतमा दुर्घटना भएको हो । ब्रेक फेल भएका कारण जीप दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

जीप एक्कासी सडकबाट भित्तातर्फ ठोक्एिर सडकमै पल्टिएको थियो । जीप पल्टिदा एमाले बैकल्पिक केन्द्रीय सदस्य गोविन्दबहादुर नेपाली, बागलुङ जिल्ला कमिटिका उपसचिव विष्णु भुषाल, जिल्ला सदस्यहरु रुद्र पौडेल, केशर छन्त्याल र बीरबहादुर विक तथा स्थानीयवासी सहित १२ जना सामान्य घाइते भएका छन् ।
दुर्घटनामा परेका मध्ये एमाले जिल्ला उपसचिव विष्णु भुषाल र जिल्ला सदस्य केशर छन्त्यालको बुर्तिबाङमा सामान्य उपचार भएको छ । अन्यको अवस्था सामान्य रहेको भुषालले जानकारी दिनुभयो । विदेशबाट घर फर्केका बोबाङका युवाहरुले ल्याएका सामानहरुका कारण जीप सडकबाट तल खस्न पाएन र जीपमा सवार सबै सकुशल रहेको भुषालले जानकारी दिनुभयो ।
नेकपा एमाले बोबाङ गाउँ कमिटिले शुक्रवार आयोजना गरेको आमसभा तथा पार्टी प्रवेश कार्यक्रममा सहभागी हुनका लागि एमाले नेताहरु त्यसतर्फ गएका थिए । दुर्घटनापछि बैकल्पिक केन्द्रीय सदस्य नेपाली, जिल्ला सदस्य पौडेल र विक कार्यक्रम स्थलमा गएको तथा भुषाल र छन्त्याल बुर्तिबाङ फर्केर उपचार गराएका थिए ।

Comments

comments

Comments are closed.