एमाले दर्लामचौरका अधिवेशन सम्पन्न

  •  
  •  
  •  
  •  
  •  

प्रेम सुनार
गुल्मी , असोज–३ । नेकपा एमाले गुल्मीको दर्लामचौर गाउँ कमिटीको नवौ गाउँ अधिवेशन आज सम्पन्न भएको छ । अधिवेशनको कार्यक्रमका प्रमुख अतथी नेकपा एमालेका जिल्ला सचिवालय सदस्य लक्ष्मण विष्टले उद्घाटन गरेका थिए । त्यस्तै कार्यक्रमा जिल्ला सचिवालय सदस्य नारायण पैयाँनीको विशेष अतिथ्यता रहेको थियो ।CPN-UML
कार्यक्रममा नेकपा एमालेका कार्यकर्ताहरु क्रमशः चुरा विष्ट, राष्ट्रिय जनमोर्चाका कार्यवाहक जिल्ला अध्यक्ष रामेश्वर खत्री , रामबहादुर विष्ट, नेकपा एमाले दोहलीका अध्यक्ष विष्णु सुनार, जयलाल अर्याल, र देवि वस्नेत लगायतले पनि शुभकामना मन्तव्य राखेका थिए । उद्घाटन सत्रमा स्थानिय कलाकारहरुले मनोरञ्जन समेत प्रदान गरेका थिए । उद्घाटन सत्र पछि अहिले बन्द सत्र चलिरहेको र वन्दसत्रले नयाँ कार्य समिति चयन गर्ने बताईएको छ ।

Comments

comments

Comments are closed.