एमालेले गुल्मीमा छान्यो दुई नगर र १० गाउँपालिकाको लागि उम्मेदवार, को को परे ?

  •  
  •  
  •  
  •  
  •  

अनिल खत्री
गुल्मी, ८ जेठ । आगामी जेठ ३१ गते दोस्रो चरणमा हुने स्थानिय निर्वाचकको निम्ती गुल्मीमा पनि चुनावी सरगर्मी सुरु भएको छ । निर्वाचन सरेपछि सुस्ताएको राजनीतिक गतिविधि पुनः सक्रिय हुन थालेको छ । बिभिन्न दलहरुले निर्वाचन बिशेष अभियान, बिभिन्न भेला, सभा सम्मेलन छलफलहरु गर्न थाले सगै चुनावी रौनक भित्रिन थालेको छ ।

गुल्मीमा रहेका २ नगरपालिका र १० गाउँपालिका सहित ९३ वडाको लागी बिभिन्न पार्टी भित्र उम्मेदवार कल्लाई बनाउने बारे बिशेष चर्चा चलिरहेको छ । उम्मेदवार छान्नको निम्ती पार्टीका दिनहु बैठक छलफलहरु भइरहेको जनाएका छन् । स्थानीय तह निर्वाचनको निम्ती नेकपा एमाले गुल्मीले भने नगरपालिका र गाउँपालिका प्रमुख उपप्रमुख उम्मेदबारहरु छनोट गरेको छ ।
gulmi election
पार्टीभित्रको बिभिन्न क्रियाशिलता, योगदान र सम्बन्धी नगर गाउँपालिकाहरुमा जित्ने आधार भएकालाई उम्मेवादर बनाउने निर्णण भएको नेकपा एमाले गुल्मीका सचिवालय सदस्य जंग नेपालीले जानकारी दिए । एमाले गुल्मीले दुइ नगर मध्ये रेसुङ्गा नगरपालिका मेयर पदमा डिल्लीराज भुसाललाई उम्मेदवार बनाउने निर्णय गरेको छ, भने मुसिकोट नगरपालिकामा मेयर पदमा सोमनाथ सापकोटा र उपमेयरमा कमला शर्मालाई नगरप्रमुखको उम्मेदवार बनाउने निर्णय गरेको पार्टीले जनाएको छ ।

जिल्लामा रहेका १० गाउँमालिकाहरुमा इस्मा गाउँपालिकामा प्रमुखमा लक्ष्मण बिष्ट र उपप्रमुखमा बिमला केसीलाई उम्मेदवार बनाएको छ । त्यस्तै मालिका गाउँपालिकामा प्रमुखमा रितबहादुर थापा निर्णय गरेको छ । त्यस्तै मादाने गाउँपालिका प्रमुखमा दानबहादुर केसी उपप्रमुखमा सरिता खड्का, धुर्कोट गाउँपालिका प्रमुखमा कृष्ण घिमिरे उपप्रमुखमा रिता थापालाई उम्मेदवार बनाएको छ ।

त्यस्तै दवार गाउँपालिकाको प्रमुखमा कृाष्ण भुसाल उपप्रमुखमा शुसिला पुन, छत्रकोट गाउँपालिका प्रमुखमा मधुकृष्ण पन्त उपप्रमुखमा नर्मदा भण्डारी, रुरु गाउँपालिका प्रमुखमा निलकण्ठ गौतम उपप्रमुखमा रलक्ष्मी पन्तलााई उम्मेदवार बनाउने निर्णय गरेको छ । चन्द्रकोट गाउँपालिकाको प्रमुखमा मिमलाल श्रेष्ठ उपप्रमुखमा राधिका अर्याल,सत्यवती गाउँपालिकामा अमरसिंह सिंजापती उपप्रमुखमा सुर्वण शाही र कालिगण्डकी गाउँपालिका प्रमुख टिकाराम ढकाललाई उम्मेदवार बनाउने निर्णय भएको एमाले गुल्मीले जनाएको छ ।

एमाले गुल्मीले स्थानिय स्तरमा तालमेल गर्न भन्दै तिन जना उपप्रमुख छनोट गरेको छैन् । अन्य पार्टी संग तालमेल गरेर निर्वाचनमा जानको लागी भन्दै रेसुङ्गा नगरपालिका उपप्रमुख, मालिका गाउँपालिका उपप्रमुख र कालिगण्डकी गाउँपालिकाको उपप्रमुखमा तालमेलको लागी अन्तिम प्रयास स्वररुपम उम्मेदवार छनोटमा ढिलाई भएको एमाले गुल्मीका सचिव सोमनाथ सापकोटाले जानकारी दिए ।

पार्टीले जिल्लाका सबै वडा अध्यक्ष सहित सम्पुर्ण उम्मेदवार छनोट कार्य अन्तिम चरणमा पुर्याएको सचिव सापकोटाले जानकारी दिए । जिल्लामा अन्य पार्टीले पनि उम्मेदवार छान्न अन्ति प्रयास भइरहेको जनाएका छन् ।

Comments

comments

Comments are closed.