एमालेको संसद अवरोध फिर्ता, भोलि प्रधानमन्त्री चयन हुने

  •  
  •  
  •  
  •  
  •  

२२ जेठ, काठमाडौं । प्रधानमन्त्री छनोट प्रक्रिया त्रुटीपूर्ण भएको भन्दै व्यवस्थापिका संसद अवरुद्ध गरिरहेको नेकपा एमालेले निःशर्त संसदको अवरोध फिर्ता लिएको छ । साथै एमाले प्रधानमन्त्रीको निर्वाचन प्रक्रियामा सहभागी हुन सहमत भएको छ ।

प्रमुख प्रतिपक्षी दल एमाले आफ्नो अडानबाट पछि हटेपछि मंगलबार (भोलि) संसदले नयाँ प्रधानमन्त्री चयन गर्ने बाटो खुलेको छ ।

भोलिको बैठकमा एमाले पनि प्रधानमन्त्री निर्वाचनको प्रक्रियामा सहभागी हुने तर देउवाको विपक्षमा मतदान गर्ने एमाले नेता भीम रावलले बताएका छन् ।

एमालेले प्रधानमन्त्रीलाई लागि वामदेव गौतमको उम्मेदवारी दिने चर्चा गरे पनि पछिल्लो समयमा उसले उम्मेदवारी दिएको छैन ।

Comments

comments

Comments are closed.