एक हप्ता पछि मुसीकोट नगरपालीकामा बिद्युत सुचारु !

  •  
  •  
  •  
  •  
  •  

अनिश शर्मा गैरे
वामी । ६ दिन पछि मुसीकोट नगरपालीका बासीले प्रयोग गर्दे आइरहेको बिद्युत सञ्चालनमा आएको छ ।

बिद्युत सञ्चालन गर्न बनाइएको नहर ठाँउ ठाँउमा चर्किएको कारणले मर्मत गर्दा करिब ६ दिन लागेको बिद्युतका प्राबिधिक ददिराम घिमिरेले जानकारी दिनुभयो । यस क्षेत्रका स्थानीयहरुले २ संस्थाद्धारा सञ्चालन गरीएको बिद्युत प्रयोग गर्ने गर्दछन । परोपकार बहुउद्धेश्यीय सहकारी संस्थाद्धारा सञ्चालीत बिद्युत र दरमखोला लघुजल बिद्युत परियोजना द्धारा सञ्चालीत बिद्युत द्धारा यस क्षेत्रका करिब २ हजार भन्दा बढी उपभोक्ता लाभान्वित भएका छन ।

परोपकारद्धारा सञ्चालीत बिद्युतको नहरबाट आएको पानी नै दोस्रो बिद्युतको लागि प्रयोग गरिने भएकोले पहिलो बिद्युत बन्द हुँदा दोस्रो बिद्युत पनि ठप्प हुने गरेको छ । सहकारी द्धारा सञ्चालित बिद्युतको लागि प्रयोग गरीएको नहरको पानीद्धारा नै दरमखोला लघुजलबिद्युत परियोजना सञ्चालीत भएको छ । जसले गर्दा सहकारीको बिद्युतमा कुनै खराबी आउने बित्तिकै अर्काे बिद्युत पनि प्रभाबित हुने गरेको छ ।

बिद्युतको आपुर्ति बन्द भएसँगै यस क्षेत्रका स्थानीयहरुलाइ सहज रुपमा उज्यालो बाल्न, रेडियो सुन्न, टिभी हेर्न, मोबाइल प्रयोग गर्न, कलकारखाना, उद्योग, बित्तिय संस्था, ब्यबपारीहरुलाइ समस्या भएको थियो । साथै यस क्षेत्रको एकमात्र सामुदायिक रेडियो पुष्पाञ्जली पुर्ण रुपमा बन्द भएको थियो । करिब ६ दिनपछि बिद्युत सुचारु भएपछि यस क्षेत्रका उपभोक्ताहरु खुशी भएका छन ।

Comments

comments

Comments are closed.