एक सातामा बाढी र पहिरोबाट गुल्मीमा दश जनाको ज्यान गयो, करोडौको भौतीक क्षति

  •  
  •  
  •  
  •  
  •  

जनार्दन घिमिरे
गुल्मी, साउन १२ । अविरल बर्षासँगै आएको बाढी र पहिरोले एक साताको अवधिमा गुल्मी जिल्लामा दश जनाले ज्यान गुमाएका छन् भने करोडौ मूल्य बरावरको भौतिक क्षति भएको छ । बाढी र पहिरोबाट ज्यान गुमाउनेहरुमा हस्तिचौर गाविसमा ४, ह्वाङ्दी गाविसमा ३, विशुखर्क गाविसमा २, दोहोली गाविसमा एक र रेसुङ्गा नगरपालीकामा एक गरि दश जना रहेको प्रमुख जल्ला अधिकारी उदय बहादुर रानाले जानकारी दिनु भएको छ ।
बाढी र पहिरोमा परि एक दर्जन भन्दावढी पशु चौपायाहरु समेत मरेका छन् । बाढीले गुल्मीको उर्लीखोला र चोरकाटे बजार नराम्रोसँग प्रभावित बनेको छ । बढीघाट खोलामा आएको नदिको वहावले उक्त क्षेत्रका कतिपय घरहरु बाढीले बगाई दिएको र कतिपय घरहरु डुवानमा परेका कारण आठ दर्जन भन्दा बढीहरु उच्च जोखिममा परेका छन् । घरहरु जोखिमका परेपछि त्यस क्षेत्रका मानिसहरु घरका सामग्रिहरु सुरक्षीत स्थानमा सारेर खालीचौर र खेतमा त्रिपाल टागेर खुल्ला आकाश मुनि रात बिताउन वाध्य बनेका छन् ।
gulmi-pahiroबधवार बसेको जिल्ला विपद व्यवस्थापन समितिले बाढी पहिरोवाट ज्यान गुमाएकाहरुलाई प्रति व्यक्ति ४० हजार रुपैया र पूर्ण रुपमा घर क्षती भएकाहरुलाई प्रति घर रु पाँचपाँच हजार रुपैयाँ उपलव्ध गराउने निर्णय समेत गरेको छ । उक्त रकम सम्वन्धित गाउँ विकास समितिका सचिवहरु मार्फत तत्कालै बितरण गर्ने व्यवस्था मिलाईएको प्रमुख जिल्ला अधिकारी रानाले बताउनु भयो । अविरल वर्षाको कारण उत्पन्न भएको जोखिमजन्य अवस्थालाई न्यूनिकरण गर्न मानवीय सुरक्षा तथा संरक्षणको कार्यलाई प्रमुख प्राथमिता दिने जिल्ला विपद व्यवस्थापन समितिले बताएको छ ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरिक्षक भोला रावलका अनुसार क्षती पुगेका र जोखिम प्रभावित क्षेत्रहरुमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीको जनशक्ति सहित नेपाल रेडक्रवाट उपलव्ध गराईएको त्रिपाल बोकेर प्रभावित क्षेत्रमा पुगि सकेकोे छ । जिल्लामा उत्पन्न विपद न्यूनिकरण तथा जोखिमवाट बच्ने उपायहरुको बारेमा सचेतनामूलक संदेशहरु स्थानीय रेडियोहरुवाट प्रशारण गर्न समेत शुरु गरिएको छ ।
बर्षाका कारण अवरुद्ध सडकहरुलाई सुचारु गर्नका लागि जिल्ला विकास समिति, जिल्ला प्राविधिक कार्यालय, तम्घास सिमलटारी प्यूठान सडक आयोजना लगायतका कार्यालयहरुको सहयोगमा बुधवारदेखि नै डोजर परिचालन गरि सडमा रहेका पहिरो हटाउन शुरु गरिएको छ । जोहाङ्ग गाविस अन्र्तगत उर्लीखोलामा बाढीले मुख्य सडक नै बगार्इ दिएपछि अवरुद्ध उर्लीखोला वामीटक्सार सडक खण्ड सुचारु गर्न केही दिन लाग्ने प्रहरीले जनाएको छ । बढीघाट खोलाको पानीको सतह नघट्दासम्म उक्त सडक निर्माण गर्न थप समस्या परेको हो ।
विपदवाट उत्पन्न हुन सक्ने जोखिम र जनधनको क्षतीलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालयले स्थानीयहरुलार्ई सुरक्षीत स्थानमा बस्न र सजग रहन आग्रह समेत गरेको छ ।

Comments

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *