एकै घरका ५ जना दुर्घनामा परे

  •  
  •  
  •  
  •  
  •  

हामीलाई ढिलो गरी प्राप्त समाचार अनुसार केहि दिन अघि काठमाणडौबाट उपचार गरी फर्किदै गरेका गुल्मीका एकै परिवारका पाँच जना सडक दुर्घनामा परेका छन् ।
नेटा गाविस वडा नम्वर २ , भर्माचौरका जिवन अर्यालका परिवार काठमाणडौबाट दशैं मान्न घर आउँदै गर्दा असोज १७ गते पोखराको एमबि भन्ने स्थानमा गाडी दुर्घटनामा परेका हुन् । दुर्घटनामा परी जिवन अर्र्यालयकी ४५ वर्षिया श्रीमति मनरुपा अर्याल र उहाँका अढाई वर्षिय नाती अर्चित अर्यालको मृत्यु भएको छ भने परिवारका तिन जना सदस्य घाईते भएका छन् ।  मृतकको शव आज आज गुल्मी ल्याईदै गरेको र घाईते ३ जनाकमा मृत्यु भएको वामीटक्सार स्थित महेन्द आदर्श उच्च माध्यामिक विद्यालयका प्राचार्य भिमलाल सापकोटाले जानकारी दिनु भयो ।

उहाँका अनुसार मृतक अर्यालका वुवा जिन अर्याल, वुहारी सरस्वती र छोरा नारायण अर्याल घाईते भएका छन् । उनै नाती अर्चितको उपचार गर्न काठमाण्डौ गएर फर्किने क्रममा काठमाण्डौबाट वुर्तिवाङ्ग आउन वस पोखरामा दुर्घटना हँदा एकै परिवारका दुई जनाको मृत्यु र तिन जना घाईते भएका हुन । अढाई वर्षको छोरा अर्चितलाई घर छाडेर अस्टे«लिया पुगेकी उनकी आमा सावित्रा अर्याल र पिता प्रकाश अर्याल छोराको मृत्युको खवर संगै घर फर्केका छन् । दशैको वेला त्यस परिवार र छिमेकी यति वेला गहिरो शोकमा डुवेको छ ।

Comments

comments

Comments are closed.