ईस्मा–१ को हस्तीचौर अध्यक्षमा खत्रीको दावि

  •  
  •  
  •  
  •  
  •  

प्रेम सुनार
गुल्मी, चैत्र–१८ । युवा अवस्थामै नेपाली कांग्रेसको राजनीतिबाट नेतृत्व स्थापित गरेका सो पार्टीका हस्तीचौर गाउँ कार्य समित सभापति चुराबहादुर खत्रीले अव हुने स्थानिय तहको निर्वाचनमा त्यस वडाको अध्यक्ष पदको उमेदवारी दिने बताएका छन् । उमेदवारहरुको नेपाली कांग्रेस जिल्ला कार्य समितिले आधिकारिक धारण बाहिरा ल्याई नसकेको अवस्थामा उनले यस्तो दावि गरेका हुन् ।

२०४६ साल देखि नै विद्यार्थी जिवनबाट कांग्रेसको राजनीतिमा होमिएका खत्री २०४८ सालमा हिमालय उच्च मावि हस्तीचौरको नेपाल विद्यार्थी संघको ईकाई सभापति भएका थिए । उनि दोश्रो कार्यकालमा पनि त्यहाँको सभापति निर्वाचित भएका थिए । लोक गीत मार्फत जनचेतना छर्ने काला समेत भएका खत्री त्यहाँको युवा वर्गमा रुचाईएका व्यक्ति हुन् ।

२०५० सालमा नेपाल विद्यार्थी संघको जिल्ला कार्य समितिको सदस्य भएका उनि नेपाल तरुण दलको २०६४ सालमा भएको जिल्ला अधिवेशनमा सह सचिव निर्वाचित भएका थिए । त्यस्तै २०७२ सालमा नेपाल तरुण दलको क्षेत्रिय अधिवेशनमा झविन्द्र अर्याल संग वरावर मत ल्याई चक्रिय प्राणलीको आधारमा ३ नम्वर क्षेत्रिय सभापति निर्वाचित भएका थिए ।

गत वर्ष भएको नेपाली कांग्रेसको गाउँ अधिवेशनमा हस्तीचौर पार्टी सभापति निर्वाचित भएका खत्रीले त्यस यता त्यहाँको सामाजिक क्षेत्रमा सक्रिय हुँदैआएका छन् । अघिल्लोे वर्ष बाढि पहिरोबाट घरवार विहिन भएका र एकै घरका तिन जनाको ज्यान गएका साविको हस्तीचौर १ मल्दीका भिमबहादुर परियारलाई व्यक्तिगत १० हजार रुपैया सहयोग उपलव्ध गर्नुका अलवा देश विदेशबाट सहयोग जुटाउन पनि उनि सक्रिय भएका थिए ।

त्यस्तै मुटु रोगबाट मृत्यु भएका हस्तीचौर २ का रेमबहादुर बिकका दुई छोराहरुको पठन पाठनका लागि हिमालय उच्च माविमा अक्षय कोष स्थापना गरी दिएका छन् । खत्रीले हस्तीचौर ४ निवासी रधे सुनारकी श्रीमतिको मृत्यु भई काज किरिया खर्च समेत चालाउन नसकेको अवस्थामा आर्थिक सहयोग गरेका थिए ।
त्यस्तै केहि दिन अघि हस्तीचौर जलपा शैक्षिक तथा धार्मिक महोत्सवमा सवै भन्दा पहिलो पढि रकम १ लाख ५ सय ५५ रुपैया उनले सहयोग गरेका थिए । महायज्ञ सफल पार्नमा अहोरात्र खट्नेहरु मध्ये एक रहेका खत्रीले ८० प्रतिशत मत लिएर आगमी निर्वाचनमा वडा अध्यक्षमा विजयी हुने दावि गर्दछन् ।
हस्तीचौर अहिले दुई वटा वडा विभाजित भएका छ । साविकको हस्तीचौर १ , २ , ३ र ४ मिलाएर ईस्मा वडा नम्वर १ बनेको छ । त्यसमा ८० प्रतिशत मत ल्याएर जित्ने र अर्को वडा ५ , ६ , ७ , ८ र ९ मिलेर बनेको २ नम्वर वडामा पनि कांग्रेसले नै जित्ने उनको आंकलन छ ।

सहयोगी र मिलनसार व्यक्तित्व भएका खत्रीलाई विजय गराउन विपक्षी दलका कार्यकर्ताहरुले समेत सहयोग गर्ने उनले अपेक्षा राखेका छन् । वाल्यकालमा वेसहरा र कष्टकर जिवन बिताएकोले पनि उनी दुखी गरिव प्रति बढि सहानुभुति राख्ने युवा नेता मनिन्छन् ।

डेढ वर्षको उमेरमा आमाले छाडेर वेसहारा भएका खत्री बढि मात्रमा दलित समुदायकै घर दैलोमा वसेर हुर्केका थिए । वाल्यकाल देखि कै कठोर संघर्षबाट खत्री अहिले सफल राजनैतिक कार्यकताका अलवा सफल होटल व्यवसायी समेत बनेका छन् । उनि होटल व्यवसायी संग गुल्मीका सचिव समेत रहेका छन् ।

Comments

comments

Comments are closed.