ईस्मालाई अखण्ड राख्न स्थानियवासीको माग

  •  
  •  
  •  
  •  
  •  

प्रेम सुनार
गुल्मी , साउन–२७ । भुरे–टाकुरे राज्य कालमा ईस्मा राज्य अन्तर्गतको हालको ईस्मारजस्थल गाविस, दोहली र दर्लामचौरलाई अखण्ड राख्न स्थानियवासी र त्यहाँका सवै राजनैतिक दलहरुले माग गरेका छन् । आज ति तिन वटै गाविसका राजनैतिक दलहरुको दोहली गाविस भवनमा वसेको सर्वपक्षिय वैठकले यस्तो निर्णय गरेको दोहलीका समाज सेवी चन्द्रबहादुर महतले जानकारी दिए ।
ति गाविसलाई एक अर्कोबाट नटुक्राई अखण्ड राखेर स्थानिय निकाय बनाउनु पर्ने र त्यसको केन्द्र ईस्मा मैदानमा राख्नु पर्ने नामकरण ईस्मा हुनु पर्ने कुरामा त्यहाँका सवै राजनैतिक दल एकमत भएको बताईएको छ । ईस्मारजस्थलबाट नेपाली कांग्रेसका सभापति खुमबहादुर थापा, नेकपा एमालेका अध्यक्ष कलानिधी भण्डारी, र नेकपा माओवादी केन्द्रका अध्यक्ष ज्ञानबहादुर विष्ट लगायतका राजनैतिक दलका नेताहरुले अखण्ड ईस्माको माग पत्रमा हस्ताक्षर गरेको बताईएको छ ।
त्यस्तै दोहलीबाट नेपाली कांग्रेसका सभापति मानबहादुर दर्लामी, नेकपा एमालेका अध्यक्ष विष्णु सुनार, नेकपा माओवादी केन्द्रका अध्यक्ष कृष्णप्रसाद रिजाल लगायतले हस्ताक्षर गरेका छन् । दर्लामचौरबाट कांग्रेस सभापति नारायणप्रसाद भुसाल, नेकमा एमालेबाट अध्यक्ष युवराज खरेल, माओवादी केन्द्रका अध्यक्ष नरेन्द्र कुँवर लगायत त्यहाँ क्रियाशिल राजनैतिक दलका नेताहरुले हस्ताक्षर गरेका छन् ।
नेकपा एमालेका जिल्ला सदस्य लक्ष्मण कुँवर र माओवादी केन्द्रका जिल्ला सदस्य चन्द्रबहादु महतको रोहवरमा यस्तो निर्णय गरिएको बताईएको छ ।दोहली गाविस सचिव भिमप्रसाद पोखरेलको अध्यक्षतामा सम्पन्न बैठक एवं छmलफल कार्यक्रममा दर्लामचौर गाविस सचिव जयपाल बिकको स्वागत मन्तव्य र ईस्मारजस्थल गाविस सचिव शेरबहादुर खड्काको सञ्चालन रहेको र उनिहरु मार्फत जिल्ला स्थीत स्थानिय निकाय प्राविधिक सहयोग समितिमा उक्त सुझाव पठाईने जनाईएको छ ।

Comments

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *