ईलाका नं ४ लाई गाउँपालिका गठन गर्न माग गर्दै संघर्ष समिती

  •  
  •  
  •  
  •  
  •  

सन्जु काउछा
कार्तिक १४ । तुराङ, रुपाकोट र आँपचौर मिलेर ईलाका नं ४ लाई गाउँपालिका गठन गर्न वार्ता, समन्वय र संघर्ष समिति गठन गरेका छन् । कार्तिक १३ गते शनिबार मजुवामा बसेको ईलाका नं ४ अन्तर्गतका रुपाकोट, तुराङ र आँपचौर गाविसका राजनैतीक दलका प्रतिनिधी, बुद्दिजिवी, समाजसेवी लगायतको संयुक्त भेलाले सो समिती गठन गरेको हो । गुल्मी जिल्लाको ईलाका नं ४ मा आधारित र पायक पर्ने आसपासका गा.वि.स. लाई समावेश गरी गाऊँपालीका गठन गर्न दबाब दिने, समानवय गर्न र आवश्यक परे जस्तोसुकै संघर्ष गर्न जीवन खरेलको संयोजकत्वमा सो समिती गठन गरिएको नेपाली कांग्रेस तुराङका सभापती टिकाराम खरेलले जानकारी गराए ।
समितीले निरन्तर छलफल, समन्वय र आवश्यकतानुसार सँघर्ष का कार्यक्रम तय गरी अगाडी बढ्ने निर्णय गरेको समेत अर्यालले जानकारी दिए ।

gulmi-news gulmi-news1

Comments

comments

Comments are closed.