इस्मा मैदानमा एमालेको चुनावी सभा, नेता बिष्ट सहित राष्ट्रिय कलाकारहरु आउने

  •  
  •  
  •  
  •  
  •  

टोपलाल अर्याल
गुल्मी, २० बैशाख । नेकपा एमाले इस्मा गाउँपालिकाले बैशाख २३ गते इस्मा मैदानमा आम सभा गर्ने भएको छ । नेकपा एमाले इस्मा गाउँपालिकाको बुधबार बसेको बैठकले केन्द्रिय तथा जिल्ला स्तरिय नेताहरुको आयोजनामा आम सभा गर्ने निर्णय गरेको छ ।

सभालाई नेकपा एमालेका केन्द्रिय सचिव तथा सांसद गोकर्ण बिष्ट तथा एमाले नेताहरु कमलराज श्रेष्ठले बिशेष संबोधन गर्ने कार्यक्रम रहेको इस्मा गाउँपालिकाका सहसंयोजक लक्ष्मण बिष्टले जानकारी दिनुभयो ।

gokarna-bistaइस्मा गाउँपालिकाको प्रमुखका उमेदवार समेत रहनुभएका नेता बिष्टले बैशाख २३ गतेको आमसभालाई बिशेष रुपमा हेरिएकाले उपस्थित हुन इस्मा तथा छिमेकी गाउँपालिकाका कार्यक्रताहरुलाई आग्रह गर्नुभयो । साथै कार्यक्रमलाई भव्य बनाउन लोक दोहोरी गायक बद्री पंगेनी, बैकुण्ठ महत र बाबुराम आउने कार्यक्रम रहेको गाउँपालिकाका सचिव नारायण पैयानीले बताउनुभयो । त्यस्तै आम सभाको अघिल्लो दिन बैशाख २२ गते ६ वटै वडाहरुमा मोटरसाइकल ¥यालीको आयोजना बैठकले गरेको पैयानीले बताउनुभयो ।
बैठकले ¥याली व्यावस्थापनको जिम्मा युवा संघ इस्मा गाउँपालिकाका अध्यक्ष रामु गिरीलाई दिएको छ । कार्यक्रम इस्मा गाउँपालिकाका सहसंयोजक लक्ष्मण बिष्टको अध्यक्षता, नेकपा एमाले केन्द्रिय शिक्षा विभाग सदस्य लिलामणी पोख्रेलको बिशेष आतिथ्यता तथा इस्मा गाउँपालिकाका सचिव नारायण पैयानीका संचालनमा सम्पन्न भएको थियो । कार्यक्रममा बिशेष अतिथी पोख्रेलले स्थानीय निकाय चुनावमा एमालेका समग्र स्थिती र भावी योजना तथा इस्मा गाउँपालिकाको उपप्रमुखको उमेदवार विमला केशीले स्थानीय चुनाव र महिला सवालका बारेमा आफ्नो धारणा राख्नसभएको थियो ।
कार्यक्रममा एमाले जिल्ला कमिटी सदस्य दल बहादुर विक, तोयनाथ सापकोटा, जिल्ला सल्लाहाकार सदस्य कलानिधी भण्डारी, क्षेत्रिय उपाध्यक्ष जगत केशी, सचिवालय सदस्य राम बहादुर बिष्ट लगाउतको सहभागीता रहेको थियो । बैठक पछि आयोजना गरिएको परिचयात्मक कार्यक्रममा सचिवालयले गरेका निर्णयहरु सार्वजनिक गरिएको थियो ।

Comments

comments

Comments are closed.