इन्सेक गुल्मीको अर्धबार्षिक पुर्व समीक्षा सम्पन्न

  •  
  •  
  •  
  •  
  •  

टोपलाल अर्याल
गुल्मी, २९ जेठ । नेपाल मानव अधिकार वर्षपुस्तक (२०१८) का लागि सङ्कलन गरिएका घटनाको अर्धबार्षिक पूर्व समीक्षा कार्यक्रम सदरमुकाम तम्घासमा जेठ २९ गते सम्पन्न भएको छ ।

इन्सेक गुल्मी जिल्ला प्रतिनिधि टोपलाल अर्यालका अनुसार समीक्षा कार्यक्रममा जिल्ला प्रसासन कार्यालयका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद ढुंगानाले मानवअधिकार उल्लङ्घन र ज्यादतीका घटनाहरू इन्सेकले सार्वजनिक गरेर समाजमा सकारात्मक दबाव सृजना गर्ने काम गरेको बताए । उनले समाजमा न्यायको सम्पादन गर्न साथै राज्यलाई मानव अधिकारको बिषयमा इन्सेकले खेलेको भुमिका महत्पुर्ण हुर्ने बताए । जिल्ला न्यायधिवक्ता लक्ष्मण प्रसाद घिमिरेले मानव अधिकार बर्ष पुस्तकमा समेटिने घटनालाई अझ सत्य तथ्य बनाउन इन्सेकले पीडित सम्म पुग्ने पहँुच स्थापित गर्नुपर्नेमा जोड दिए ।
insec news gulmi
जिल्ला अदालतका श्रेष्तेदार दुर्गा प्रसाद बस्यालले इन्सेकले घटना संकलनको दायरा फराकिलो बनाउनुपर्नेमा जोड दिए । साथै जिल्लामा इन्सेकले हेर्ने भन्दा झन खतरनाक स्थिती सम्बन्ध बिच्छेद र आत्माहत्या भएकाले इन्सेकले कुनै न कुनै कार्यक्रम मार्फत यो अवस्थालाई समेट्न आग्रह गरे । नागरिक समाजका अध्यक्ष पदम प्रसाद पाण्डेयले सुक्ष्म रुपमा समाजमा धेरै खाले मानव अधिकारसंग सम्बन्धित घटना रहेपनि समेटन निकै चुनौति रहेको बताए ।

कार्यक्रममा जनवरी देखि जुन ८ सम्ममा संकलन गरिएका बलात्कार सात, हत्या एक, कुटपीटसंग सम्बन्धि घरेलुहिंसाका घटना ४९, बहुबिबाह दुई र केहि आर्थिक सामाजिक तथा राजनैतिक बिषयबस्तुहरुलाई समेटिएको प्रतिवेदन प्रस्तुत गरिएको थियो । कार्यक्रममा जिल्लाका राजनैतिक दलका प्रमुख, सरकारी तथा गैर सरकारी कार्यालयका प्रमुख, पुर्व इन्सेक प्रतिनिधीहरु, नागरिक समाजका पदाधिकारी तथा अधिकारकर्मीहरु गरि ३५ जनाको सहभागीता रहेको थियो ।
त्यस्तै सृजनशिल सामुदायिक विकास केन्द्रको आयोजनामा १६ औ बाल श्रम बिरुद्धको दिवसको अवसरमा जिल्लामा बालश्रम बिषय अन्तरक्रिया सम्पन्न गरेको छ । अन्तरक्रियामा जिल्लाका विभिन्न सरोकारवाला व्यक्तिहरुले बालश्रम व्यतिको रोजीरोटीसंग गाँसिएकाले यसलाई मुक्त बनाउन निकै मुकिस्ल पर्ने बताए । दलित अधिकारकर्मी गणेश बिश्वकर्माले जिल्लाका धेरै होटलहरुमा बालश्रम भएको आफ्नै आँखाले देखेर पनि केहि गर्न नसकिएको बताए ।

‘होटलमा भाँडा माझ्ने धेरै बालबालिका छन्, अन्याय पनि भएको छ,’उनले भने,‘ त्यहाँबाट उद्धार गरे पुर्नस्थापना गर्ने स्थान छैन् ।’ कार्यक्रममा अहिले गुल्मीमा बालबालिका दुर्वसनी, पुर्नस्थापन गृह, अहिले सम्म भएका प्रयास र भावी योजनाको बारेमा छलफल भएको थियो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी ढुंगाना, प्रहरी उपरिक्षक भोला रावल, जिल्ला न्याधिवक्ता लक्ष्मण प्रसाद घिमिरे, जिल्ला अदालतका श्रेष्तेदार दुर्गा प्रसाद बस्याल तथा विभिन्न राजनैतिक दलका प्रमुख एवं प्रतिनिधीहरुको सहभागीता रहेको थियो ।

Comments

comments

Comments are closed.