आमा गुमाएका बालिकालाई एनबीआरद्धारा सहयोग

  •  
  •  
  •  
  •  
  •  

राजु गौतम
गुल्मी, पौष १० । ७ दिनकी सुत्केरी आमा गुमाएका गुल्मी जिल्ला पुर्कोटदह गाविस वडा नं. १ का बालिकालाई फेसबुक सामाजिक संजाल समुह “नेप्लीज ब्रदर्श रुम अर्थात एनबीआर” ले नगद तथा लत्ताकपडा सहयोग गरेको छ ।

विभिन्न सामाजिक कामहरु गर्दै आएको उक्त समुहले पुर्कोटदह पिडितको घर मै पुगि रु. ८०,३३५ बराबरको चेक र लत्ताकपडाहरु बालिकाहरुलाई नै हस्तान्तरण गरिएको जानकारी उक्त समुहका सदस्य सुदर्शन पाण्डेले गुल्मीन्युजलाई दिनुभयो ।
समाचार प्रकाशित भएपछि समुहका सदस्यहरुले सहयोग कार्य अनलाइन मार्पmत शुरु गरेर उत्त रकम संकलन गरी बालिकाहरुको भविश्य निर्माणका लागि सहयोग पुगोस भनी स्थानीय सरोकारवाला संस्था तथा स्थानीयबासीको रोहबरमा चेक तथा जिन्सी वितरण गरिएको थियो । सुत्केरी आमाको मृत्यु भएपछि २ छोरीले नै किरिया गरेको समाचार गुल्मीन्युज डट कममा प्रकाशित भएपछि देश विदेशबाट सहयोग आउने क्रम जारी छ ।

Comments

comments

Comments are closed.