आमाको किरिया गर्ने गुल्मीका बालिकालाई मदाने क्लवको सहयोग संकलन जारी

  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, २३ मंसिर — आमाको किरिया गरिरहेका गुल्मीका दुई बालिकाको अध्ययनका लागि सहयोग जुटिरहेको छ । समाचार प्रकाशन गरेसँगै उनीहरूको लागि सहयोग जुटिरहेको हो । नाबालिकाहरूले आमाको किरिया गरिरहेको र उनीहरूको आर्थिक अवस्था समेत दयनीय रहेको खबर प्रकाशन गरेको थियो ।

आमाको मृत्युपछि किरिया बसेका छोरीहरु संगिता र रमिता । तस्वीर: रासस

समाचार प्रकाशनभएसँगै गुल्मी पुर्कोट दह गाविसका ती बालिकालाई सहयोग जुटिरहेको हो । आर्थिक अभावका कारण मृत्युवरण गरेकी पुर्कोट दह १ की दुर्गाकुमारी भुसालका चार छोरीहरूको उपचारको लागि सहयोग जुटेको हो ।

बाँझकटेरी गाविसको मदाने युवा क्लवले उनीहरूको शिक्षादीक्षामा सघाउनको लागि सामाजिक सञ्जाल फेसबुकबाट आर्थिक सहयोग संकलन अभियान थालेको थियो । दुर्गाकुमारीका १३ वर्षिय छोरी मालता र ११ वर्षिय छोरी संगीता किरियामा बसेका छन् ।

मदाने युवा क्लवका अध्यक्ष जयप्रकाश भुसालले ती बालिकाको शिक्षाका लागि आफूहरूले काठमाडौंमा सहयोग संकलन अभियान संचालन गरिरहेको बताए । उनका अनुसार अहिले सम्म एक लाख ५० हजार भन्दा बढी रकम संकलन भइसहेको छ ।

भुसालले आफूहरूले अझै केही रकम संकलन गरेर घरमै पुगेर बालिकाहरूलाई रकम हस्तान्त्रण गर्ने बताए । उनका अनुसार उठेको सम्पूर्ण रकम बालिकाहरूलाई हस्तान्त्रण गरिने छ ।

भुसालका अनुसार काठमाडौंमा रहेका क्लवका बरिष्ठ उपाध्यक्ष शिशिर भुसाल, सचिव विक्रम जिएम र सह सचिव विमल प्रसाद भुसालसँग सहाकार्य गरेर रकम संकलन गरिएको हो । गुल्मेली कलाकार सन्तोष लम्सालले पनि अभियानमा सहयोग गर्दै आएको भुसालले बताए ।

दुर्गाकुमारीको मंसिर ३ गते निधन भएको थियो । बालिकाहरू उपचारका लागि अन्य ठाउँबाट पनि रकम संकलन भइरहेको छ । छिमेकी तथा स्थानीय शिक्षक बोमबहादुर कुँवरले बालिकाहरूको शिक्षाको लागि करिब सात लाख भन्दा बढी रकम संकलन भएको छ ।

Comments

comments

Comments are closed.