आमाको किरिया गरेका दिदि बहिनीलाई कोरियाबाट ७० हजार रुपैँया सहयोग

  •  
  •  
  •  
  •  
  •  

नबिन भट्टराई
गुल्मी, २७ पौष । आमाको किरिया गरेका गुल्मीको पुर्कोटदह १ जुम्लीचौरका दिदि बहिनीलाई कोरीयामा बस्ने नेपालीहरुले आर्थिक सहयोग गरेका छन । आमा दुर्गाकुमारी भुसालको गत मंसिर ३ गते निधन भएपछि छोरीहरु संगिता र रमिताले आमाको किरीया गरेका थिए ।

हाल कोरीयामा कार्यरत गुल्मी मलागिरी २ का रामचन्द्र खड्काको सकृयतामा संकलन गरिएको ६९ हजार ५०० रुपैया खड्काका बुवा खिमवहादुर खड्काले संगिता र रमितालाई हस्तान्तरण गर्नुभयो । कार्यक्रममा कडंगे देउराली निम्न माध्यमीक बिद्यालयका प्रधानाध्यापक तथा मुख्य अभियानकर्ता बोमवहादुर कुबरले हाल सम्म उनीहरुको सहयोगका लागि १२ लाख २१ हजार ५०० रुपैया जम्मा भइसकेको जानकारी दिनुभयो ।

Comments

comments

Comments are closed.