आठ दिनदेखि अबरुद्ध रिडी–वामी सडक सुचारु हुन सकेन, सयौं यात्रुहरु मर्कामा

  •  
  •  
  •  
  •  
  •  

जनार्दन घिमिरे
गुल्मी, साउन १४ । अविरल वर्षाका कारण पहिरो जाँदा गत आठ दिनदेखि अवरुद्ध रिडी–रुद्रबेणी–वामीटक्सार सडक खण्ड अझै सुचारु हुन सकेको छैन । उक्त सडक खण्ड अन्र्तगत रिडी–रुद्रवेणी सडक खण्डको खोपा, साँघुरे र रुद्रवेणी–वामी टक्सार सडक खण्ड अन्र्तगत बादरे भीर, चिउरेनी भीर, उल्लीखोला, लौरेसिमल लगायतका दर्जनौ स्थानमा सडक माथिवाट खसेको पहिरोका कारण उक्त सडक अवरुद्ध बनेको हो ।
अबरुद्ध सडक संचालन गर्न जिल्ला विकास समिति र तम्घास सिमलटारी प्यूठान सडक आयोजनाले शुक्रवारदेखि (आज) डोजर लगाई पहिरो हटाउने योजना बनाए पनि बर्षा नरोकिएका कारण सडक सुचारु गर्न समस्या परेको ईलाका प्रहरी कार्यालय रिडिका प्रहरि निरिक्षक केशवराज ज्ञवालीले बताउनु भएको छ ।
उर्लीखोला–वामीटक्सार सडक खण्ड अन्र्तगत उर्लीखोला र डहरे खोला बिचको करिव आधा किलोमिटर सडक बाढीले बगाई दिएका कारण उक्त सडक तत्कालै सुचारु हुन नसक्ने बताईएको छ ।
त्यसैगरि गत सातादेखि अवरुद्ध बनेको तम्घास–सिमलटारी र रातडाँडा– ईन्द्रेगौंडा सडक खण्ड भने बिहिवार बेलुकिदेखि सुचारु बनेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरिक्षक भोला रावलले जानकारी दिनु भएको छ ।
जिल्लामा सवै भन्दा वढी सवारी साधनहरु संचालन हुँदै आएको रिडी–रुद्रबेणी–वामीटक्सार सडक अबरुद्ध बनेपछि त्यस क्षेत्रका सयौं मानिसहरुलाई सदरमुकाम तम्घास र पाल्पा, वुटवल, काठमाण्डौ लगायतका ठाउँहरुमा ओहोरदोहोर गर्न निकै समस्या परेको छ ।

Comments

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *