आउने जाने विद्युत्तले गुल्मेली हैरानी, सवस्टेशन निर्माणका लागी बजेट नहुँदा समस्या

  •  
  •  
  •  
  •  
  •  

गंगा खड्का
गुल्मी, १७ वैशाख । अनियमित विद्युत्त आपूर्तिका कारण जिल्लावासीले हैरानी खेप्नु परेको छ । नेपाल विद्युत्त प्राधिकरण वितरण केन्द्र गुल्मीले विद्युत्तमा आउने समस्यलाई दिगो समाधान गर्नतर्फ ध्यान नदिँदा जिल्लावासी मारमा पर्ने गरेका छन् ।

विद्युत्त समस्याका कारण विशेषरी जिल्लामा संचालनमा रहेका उद्योग व्यवसायीहरु मर्कामा परेको गुनासो बढ्दै गएको छ । ‘धेरै उद्योगहरु विद्युत्त नहुँदा चल्न सक्दैनन्’,गुल्मी उद्योग वाणिज्य संघका अध्यक्ष दुर्गा प्रसाद पाण्डेले भन्नुभयो,‘धेरै पटक समाधान खोज्न माग ग¥यौँ तर कसैले हाम्रो माग सुनेनन् ।’ प्राधिकरणमा विद्युत्त अनियमितता तत्कालै रोक्न माग गर्दै ज्ञापनपज्ञ बुझाइएको समेत उहाँले जानकारी गराउनुभयो ।
जिल्लाकै पहिचानको रुपमा रहेको कफी प्रशोधन केन्द्र विद्युत्त नियमित आपूर्ति नहुँदा समस्यामा पर्ने गरेको जिल्ला कफी सहकारी संस्था लिमिटेडले जनाएको छ ।
nepal electricity authority gulmi nea
जिल्लाको खैरेनी बजारमा कफी प्रशोधन केन्द्र संचालनमा रहेको छ । सदरमुकाम तम्घास बजारमा संचालनमा रहेको जिल्ला अस्पताल सहित गाउँ गाउँमा संचालन गरिएका स्वास्थ्य केन्द्रमा समेत विद्युत्त नहुँदा अत्याधुनिक सेवाहरु प्रभावित हुने गरेको स्वास्थ्यकर्मीहरु गुनासो गर्छन् । ‘जिल्लालाई लोडसेडिङमूक्त घोषणा गरिएको छ’,तम्घासकी नागरिक समाजका अगुवा विष्णु कुमारी सापकोटाले भन्नुभयो,‘विद्यूत्त प्राधिकरणले अघोषित रुपमा लोडसेडिङ गरेको पाइयो ।’ दैनिक ४÷५ घण्टा विद्युत्त आपूर्ति बन्द हुने गरेको उहाँको भनाई छ ।

जिल्लाका गाउँ गाउँमा विद्युत्त विस्तार गर्दा नियन्त्रण गर्ने प्रविधिको अभावमा आपूर्तिमा सहजता हुन नसकेको नेपाल विद्युत्त प्राधिकरण वितरण केन्द्र गुल्मी तम्घासका इञ्जिनियर रमेश बञ्जाडेले बताउनुभयो । ‘सब स्टेशन नबन्दासम्म यस्तै समस्या भइ रहन्छ’,उहाँले भन्नुभयो,‘पटकपटक सब स्टेशन निर्माणका लागि माग गरेपनि बजेट आएको छैन् ।’ राष्टिय प्रशारण लाइन बुटवलबाट ३३ केभि वितरण भइरहेको जानकारी गराउँदै उहाँले गुल्मी सहित छिमेकी जिल्ला पाल्पा र अर्घाखाँचीमा समेत वितरण हुँदा जिल्लाबाट नियन्त्रण गर्ने सब स्टेशन नभएको बताउनुभयो । बर्षातको समयमा जिल्लाको रिडीमा २ दशमलव ४ मेगावाट र हुक्दी हाइड्रोपावर शान्तिपुरमा ५ मेगावाट क्षमताको जलविद्यूत्त आयोजना संचालन हुने गरेको छ ।

‘गुल्मीभित्र हाल १० देखि १३ लाख यूनिन विद्युत्त खपत हुन्छ’, उहाँले भन्नुभयो,‘पर्याप्त विद्युत्त भएपनि कमजोर संरचनाका कारण नियमित आपूर्ति गर्न सकिएको छैन् ।’ ३३ केभिलाई ६६ वा १३२ केभीमा पु¥याउन सकेमात्र विद्युत्त प्रशारणमा दिगो समाधान हुने उहाँको भनाई छ । जिल्लास्थित राजनीतिक दलहरुले यसमा चासो देखाउनुपर्ने उहाँले आग्रह गर्नुभयो । ‘प्राधिकरणको सर्भे विना नै गाउँमा विद्युत्त माग गरिन्छ’,बञ्जाडेले भन्नुभयो,‘संरचना विना लोडसेडिङमूक्त गराउँदा समस्या देखिएको हो ।’ जिल्लामा विद्युत्त विस्तारका लागि आधारभूत संरचना निर्माणमै प्राधिकरण रहेको समेत उहाँले जानकारी गराउनुभयो । करिव ८ वर्षअघि गुल्मीलाई लोडसेडिङमुक्त घोषणा गरिएको थियो । ‘खानेपानी, बाटोमा मात्र दलहरुले बजेट छुट्याउनुहुन्छ’,इञ्जिनियर बञ्जाडेले भन्नुभयो,‘हालसम्म सब स्टेशन निर्माणका लागि कसैले पनि बजेट विनियोजनमा चाासो देखाएको पाइएको छैन् ।’

नेपाल विद्युत्त प्राधिकरण वितरण केन्द्र गुल्मी । तस्विर: गंगा खड्का

Comments

comments

Comments are closed.