आँपचौरका अर्याल जसले ५८ वर्षको उमेरमा पुरा गरे पिएचडी

  •  
  •  
  •  
  •  
  •  

प्रेम सुनार
गुल्मी, माघ–६ । ५७ वर्ष पुरा गरी ५८ बर्षमा पाईला टेकेको बेला गुल्मीका एक जना व्यक्तिले पिएचडीको अध्ययन पुरा गरेका छन् । आँपचौर–४ का ऋषिराम शर्मा अर्यालले ५८ वर्षको उमेरमा पिएचडी गरेका हुन् ।

महेन्द्र रत्न क्याम्पस ताहाचल काठमाण्डौंका सह–प्राध्यापक रहेका अर्यालले नेपाली भाषा साहित्यमा पिएचडी गरेको बताए । उनका अनुसार नियममा बिश्व विद्यालयमा सेवारत व्यक्ति ५० बर्ष उमेर भन्दा तलकोले मात्र पिएचडी गर्नका लागि विदा पाउँने गर्दछन र सुविधा पनि पाउँछन् । त्यो भन्दा बढि उमेरकोले विदा, सुविधा केहि पाउँदैनन् । यसर्थ उनले विदा नलिई आफ्नै खर्च र प्रयासले पिएचडी गरेको बताए ।
dr. aryal
उनले त्यो उमेरमा पिएचडी गरे पनि उनि आफैले सोही क्याम्पसमा पढाएका विद्यार्थीहरुले भने धेरै पहिल्लै पिएचडी गरेको उनि बताउछन् । उनले पढाएका विद्यार्थी सिन्धुलीका डाक्टर दुर्गा दाहाल , संखुवासभाका गणेश अधिकारी लगायत थुप्रैले उनि पुर्व नै पिएचडी गरेको बताईएको छ ।
अर्यालले विद्यालय स्तरको अध्यापनका लागि डोल्पा , रुकुम र हुम्ला जस्ता विकट जिल्लाहरुमा धेरै वर्ष रहेकोले पनि पिएचडी गर्न ढिला भएको बताए । उनि २०४७ साल देखि अध्यापन गराउँदै आएका छन् । उनले एसएलसी सम्मको अध्यान आँपचौरमैं गरेका थिए । त्यस्तै आँपचौरमै एसएलसी सम्मको अध्यान गरेका त्यस गाउँका ४ जनाले पिएचडी गरी सकेका छन् भने एक जनाले गर्दै छन् ।
आँपचौर–६ घर भई एजुकेशन नेपाली बिषय समितिका अध्यक्ष रहेका पारशमणी भण्डारी, सरस्वती क्याम्पस काठमाण्डौंका प्राध्यापक खुमराज खरेल, आँपचौरकै नन्दराम अर्यालले पनि पिएचडी गरी सकेका छन् । सरस्वती क्याम्पसमै प्राध्यापन गराउने आँपौर–५ का धनपति भट्टराईले भने पिएचडी गर्दै छन् ।

Comments

comments

Comments are closed.