रेसुङ्गा नगरपालिकाको ८ मा काउँछाले पाए एमालेको टिकट

  •  
  •  
  •  
  •  
  •  

अनिल खत्री
गुल्मी, २५ जेठ । गुल्मी जिल्लाको तम्घासमा रहेको रेसुङ्गा नगरपालिकाको वडा नं. ८ मा एमालेको तर्फबाट युवा उम्मेदवार प्रितम काउछाले एमालेका तर्फबाट टिकट पाएका छन् ।

टिकट पाएसँगै काउछा चुनावी प्रचार प्रसारमा होमिएका छन् । एमाले गुल्मी जिल्ला कमिटी सदस्य समेत रहेका काउँछा पार्टीभित्र लोकप्रिय मान्छिन् । एमालेबाट वडा अध्यक्षमा उम्मेदवार बनेपछि उनले आफ्नो पक्षमा मत माग्न थालेका छन ।

निर्माण व्यावसायी गुल्मीका कोषाध्यक्ष समेत रहेका काउछा नगरभित्रका बिभिन्न सामाजिक संघ संस्थाहरुमा आबद्ध छन् ।

वडा अध्यक्षमा निर्वाचित भए आफ्नो वडालाई समृद्ध बनाउने योजना उनको छ ।

Comments

comments

Comments are closed.