अहिलेको सरकार विद्रोह गर्ने र दवाउने विचको होः महान्याधिवक्ता

  •  
  •  
  •  
  •  
  •  

प्रेम सुनार
गुल्मी,भाद्र–२५ । नेपाल सरकारका महान्याधिवक्ता रमनकुमार श्रेष्ठले अहिलेको सरकार हिजो विद्रोह गर्ने र दवाउने विचको संयोजनमा बनेकोले द्धन्द्धकालिन मुद्धा सन्तुलित ढंगले समधान हुने दावि गरेका छन् । शनिवार विहान गुल्मीको सरकारी वकिल कार्यालय भवन निमार्णको शिलान्यास पछि समारोहलाई सदरमुकाम तम्घासमा सम्वोधन गर्दै श्रेष्ठले यस्तो दावि गरेका हुन् । 20160910_112904
‘बेवत्ता तथा सत्य निरुपण आयोग र मेलमिलाप आयोग प्रति कतिपयले आशंका पनि गरेका छन् ’–उनले भने–‘त्यस्तो आशंका गर्नु पर्दैन किन कि अहिलेको सरकार हिजो विद्रोह गर्ने र दवाउने विचको संयोजनमा बनेकोले कुनै पनि पक्षको पिडकले उन्मुक्ती पाउने छैनन् । ’
उनले आयोगलाई स्वतन्त्र पुर्वक काम गर्ने वातवरण दिए पहिला उसले द्धन्द्धकालमा कुन पिडित कुन पिडक भन्ने छानविन गर्नेछ । त्यस पछि आयोगले पिडितलाई क्षतिपुर्ति दिनेछ र परिपोषण पनि गर्ने बताए । अहिलेको सरकार र आयोग पिडितमैत्री हुने दावि गर्दै गम्भीर अपराधका मुद्धामा भने पिडकलाई आम माफी यो सरकारले नदिने प्रधानमन्त्रीको प्रतिवद्धता जाहेर गरी दिए ।
हिजो टाउकोको मुल्य तोकिएका र तोक्नेहरु मिलेर सरकार सञ्चालनमा रहेको कुरा दोहराउँदै सरकार कानुन संशोधन गरेर द्धन्द्धकालिन मुद्धा कसरी टुङ्गाउने भन्ने विषयमा चिन्तीत रहेको जनाउ दिए ।
20160910_124133सरकारमा रहेको नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र द्धन्द्धकालिन मुद्धा समधान गर्ने , संविधान कार्यन्वयन गराउने र छिटो भन्दा छिटो स्थानिय निर्वाचन गराउन तत्पर रहेको उनको भनाई थियो ।
उनले जिल्ला तहमा सरकारी वकिलको कार्यालय र प्रहरी विच को ठुलो र को सानो भन्ने द्धन्द्ध हुन नहुने सुझाव दिए । दुवै पक्ष मिलेर पिडकलाई सजाएँ दिने र पिडितलाई न्याय कसरी दिलाउने भन्ने विषयमैं केन्द्रित रहन उनले निर्देशन दिए ।
शिलान्यास समारोमा जिल्ला न्यायधिश मातृकाप्रसाद मरासीनी र कास्की जिल्ला न्यायधिवक्ता अच्युतराज डुमेको विशेष आतिथ्यता थियो । त्यस्तै रुपन्देहीका जिल्ला न्यायधिवक्ता कुलप्रसाद पाण्डे , पाल्पाका जिल्ला न्यायधिवक्ता यदुनाथ शर्मा , गुल्मी स्थित नेपाल वार एशोसियशनका अध्यक्ष बिष्णु बलाल, विभिन्न राजनैतिक दलका प्रतिनिधी , सुरक्षा निकायका प्रमुखहरु र संघ संस्थाहरुको आतिथ्यता रहेको थियो ।
पुनरवेदन सरकारी वकिल कार्यालय बुटवलका सह न्यायधिवक्ता ध्रुवकुमार भट्टराईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गुल्मीका सह न्यायधिवक्ता कैलाश केसीको स्वागत मन्तव्य र जिल्ला अदालत गुल्मीकी ना.सु. सिता घिमिरेको सञ्चालन रहेको थियो ।

Comments

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *