अर्जै उच्च माविको अध्यक्षमा पुनः अर्याल

  •  
  •  
  •  
  •  
  •  

प्रेम सुनार
गुल्मी, भाद्र–२५ । गुल्मीको अर्जै उच्च माध्यामिक विद्यालय व्यवस्थापन समिति गठन भएको छ । अभिभावकहरुको भेलाले समितिको अध्यक्षमा पुनः देविराल अर्याललाई सर्वसम्मत अध्यक्ष पदमा चयन गरेको छ ।
अघिल्लो कार्यकालमा ३ वर्ष सम्म व्यवस्थापन समितिको अध्यक्ष रहेर विद्यालयको भवन निर्माणका लागि केन्द्रबाट रकम पार्न सफल भएको र अन्य भौतिक पुर्वधारको विकासमा पहल गर्नुका साथै शैक्षिक गुणस्तर सुधारमा समेत महत्वपुर्ण भुमिका खेलेको भन्दै अभिभावकहरु यसपाली पनि उहाँलाई नै अध्यक्ष बनाउनु पर्नेमा जोड दिएको बताईएको छ ।
उहाँको नेतृत्वमा ७ सदस्यीय व्यवस्थापन समिति गठन गरिएको छ । सदस्यहरुमा झविन्द्र अर्याल , दुर्गा पराजुली, सिता अर्यालय , रमिता अर्याल, सिता भण्डारी र प्रधानध्यापक हरि पोखेरल सदस्य सचिव रहनु भएको छ ।

Comments

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *