अर्घाखाँची आन्दोलनबाट गुल्मीलेली सिक्नु पर्ने पाठ

  •  
  •  
  •  
  •  
  •  

प्रेम सुनार

गुल्मी, पौष–२९ । अघिल्लो दिन गृहमन्त्रीको राजिनामा माग गर्ने गुल्मीका आन्दोलनकारीले अर्को दिन गुल्मी आएका उनै गृहमन्त्रीलाई नतमस्तक हुँदै फुलमाला र खादा लिएर स्वागत सत्कार गर्न पुगेका थिए ।

भादगाउँमा काग्रेस नेता चन्द्र केसीको पितृशोकमा सहानुभुति प्रकट गर्न आएका गृहमन्त्री विमलेन्द्र निधीले त्यो शोकको बेला ५ नम्वर प्रदेश टुक्राउने विषयमा बोल्न आबश्यक थिएन । तर पनि उनि सहानुभति दिन आएको बाहनामा लामै भाषण गरे र भाषण अवधीभर खुलेरै ‘पाँच नम्वर प्रदेश टुक्रिएर छाड्छ’ भनेर आफ्ना कार्यकर्ता मार्फत गुल्मी जिल्लावासीलाई चुनौती दिएका थिए ।

यहाँ सम्म कि संयुक्त जनआन्दोलन परिचालन समितिका सभापति भुवनप्रसाद श्रेष्ठले मन्तव्यका क्रममा “पाँच नम्वर प्रदेश टुक्राएर कसलाई खुशी पार्दै हुनुहुन्छ ?” भनेर भन्दा मञ्चमा मुस्कुराउँदै आसिन उनै गृहमन्त्रीले आक्रोषपुर्ण मुद्रामा आफ्नो छातीमा औंला राख्दै ‘म आफुलाई खुशी पार्न’ भनेर अर्को चुनौती दिदा समेत कोही चुँ गरेर बोलेनन् ।

गृहमन्त्री निधी त वरु तराईवासीँ हुन । तर नेपाली सेनाको हेलिकप्टर प्रयोग प्रयोग गरेर व्यक्तिगत काममा आएका रक्षामन्त्री तथा कांग्रेस नेता वालकृष्ण खाँड लुम्विनी बासी हुँदा हुँदै पनि उनले घुमाउरो भाषामा ‘म बरु लुम्विनी छाड्न सक्छु, तर ५ नम्वर प्रदेश टुक्राउने काँग्रेसले गरेको निर्णय विपरित जान सक्दींन’ भनेर भन्दा समेत कसैले मुख खोल्न सकेनन् ।

अर्का कांग्रेस नेता शंकर भण्डारी लगायत जो जो केसीको पितृशोकमा साहनुभुति दिने बाहनामा आएका थिए, उनिहरुको अभिष्ट भनेकै गुल्मी आन्दोलन मत्थर पार्ने दुष्प्रयास थियो ।

त्यति बेला कांग्रेसजन त आफ्ना नेताहरु प्रति नतमस्तक बने बने तर विपक्षी नेकपा एमालेका कार्यकर्ताहरुले समेत कुनै पनि खालको बिरोध जनाउन सकेनन वा चाहेनन्।

‘संवेदनशिल विषयमा आएको हुनाले विरोध गरिएन’ भनेर नेपाली कांग्रेसका सभापति एवं आन्दोलन परिचालन समितिका संयोजक भुवनप्रसाद श्रेष्ठले भनिरहँदा गृहमन्त्री लगायतका ति कांग्रेस नेतालाई पनि त्यस्तो संवेदनशिल क्षणमा आएको बेला र यता आन्दोलनले गुल्मी तातिरहेको र कृष्ण पाण्डे जस्ता युवा तिनै गृहमन्त्री मातहतका प्रहरीको अश्रुग्याँस र लाठीले अस्पतालको शैयामा बसी रहेका बेला नेताहरुले ५ नम्वर प्रदेश टुक्राउन खुलेरै चुनौती दिन पनि उनिहरुलाई छुट थिएन् ।
हिजो अर्घाखाँचीमा माओवादी नेता डिलाराम आचार्यले ५ नम्वर प्रदेशवासीको भावना विपरित दुई शव्द मात्रै के उच्चारण गरेका थिए, ओईरिए अर्घाखाँचीवासीहरु । भागे उर्जामन्त्री जनार्दन शर्मा ‘प्रभाकर’, सातोपुत्लो गयो नेता आचार्यको अनि माफी मागे।

जसले गर्दा केन्द्रमा आन्दोलनको सवै भन्दा ठुलो धक्का दिन सफल भए अर्घाखाँचीवासीरु । कांग्रेस कै नेता विमलेन्द्र निधीले ५ नम्वर प्रदेश टुक्राउन मुख्य भुमिका निभाउँदै आएको उनको अभिव्यक्तिले प्रष्ट पारेको छ ।

उनि पछि सत्ताको नेतृत्व गरी रहेको नेकपा माओवादी केन्द्रका नेता वर्षामान पुन ‘अनन्त’ पनि गुल्मीको सदरमुकाम मै आएर आफ्ना कार्यकर्तालाई ५ नम्वर प्रदेश टुक्राउने विषयमा दिनैभर प्रशिक्षण दिएर गए । पत्रकार सम्मेलन समेत गरे । तर उनको विरोधमा विपक्षीहरु त्यसमा पनि आन्दोलनको अगुवाई गरेका नेता तथा कार्यकर्ता कोहि बोलेनन् ।

यसरी सत्तारुढ दलका नेताहरु आउँदै जनभावना विपरित बोल्दै जाँदै गर्न दिने । अनि उनिरु केन्द्रमा पुगी सके पछि सडकमा उनिहरुलाई राष्ट्रघाती भनेर कुर्लिनेहरुले अर्घाखाँची आन्दोलनको रणनितीलाई पछ्याउनै पर्दछ ।

खास राष्ट्रघात कहाँबाट कसले सुरु गर्यो ? त्यसको अगुवाई कसले गरेको छ ? यसको समिक्षिा गर्न जरुरी छ । बदलाको भावना लिएर कुनै अमुक दललाई मात्र राष्ट्रघाती भन्नु गलत हुने छ ।

पहाडबाट तराई टुक्राउने सरकारको तर्फबाट सबै भन्दा बढी जोड कसैले गरेको छ भने उनै गृहमन्त्री एवं कांग्रेस नेता निधीले गरेका छन भन्ने प्रष्ट हुँदाहुँदै किन सडकमा कांग्रेस र निधी जस्ता मन्त्रीहरुको विरोध हुँदैन् ? राष्ट्रियता र माटोको लडाई हो भने आफ्नै दल र नेताको पनि चर्को विरोध गर्न र उस्तै परे पार्टी छाड्ने छोडपत्र हातमा लिएर हिड्ने हिम्मत राख्न सक्नु पर्दछ । अव प्रचण्डको मात्र होईन कांग्रेस सभापति शेरबहादुर देउवा, विमलेन्द्र निधीको पनि पुत्ला जलाउन र दलको नेताबाटै कांग्रेसजनले राजिनामा माग्न सक्नु पर्दछ ।

Comments

comments

Comments are closed.