अर्खलेमा एमालेद्धारा कांग्रेस विरुद्ध शक्ति प्रदर्शन

  •  
  •  
  •  
  •  
  •  

प्रेम सुनार
गुल्मी, चैत्र–१२ । नेकपा एमाले गुल्मीले आज साविको अर्खले गाविसमा नेपाली कांग्रेस विरुद्ध शक्ति प्रदर्शन गरेको छ । सो पार्टीको रेसुङ्गा नगर कमिटीले आज रेसुङ्गा नगरपालिका वडा नम्वर ६ को साउनेथुममा स्वागत कार्यक्रमको आयोजना गरी व्यापक कार्यकर्ता उतारेर कांग्रेस विरुद्ध शक्ति प्रदर्शन गरेको थियो ।

स्वागत कार्यक्रम नाम दिईएको आमसभामा कार्यक्रम सञ्चालक देखि वोल्ने सवै वक्ताहरु आक्रमक शैलीमा कांग्रेस विरुद्ध ओईरिए पछि उक्त कार्यक्रम काग्रेस विरुद्ध शक्ति प्रदर्शन भनेर बुझ्न सकिन्थ्यो । केहि दिन अघि त्यस भेगबाट एमालेका केहि कार्यकर्ता कांग्रेसमा प्रवेश गराएको खवरले चुर बनेको एमालेले आज तिनै कांग्रेसमा प्रवेश गरे भनिएका कार्यकताहर्रुलाई पार्टीमा फिर्ता गराएको र कांग्रेसबाट त्यसको दोव्वर कार्यकर्ता एमाललेमा प्रवेश गराएको जनाएको छ ।
जनसभामा एमालेले साविकको नयाँगाउँ गाविस वडा नम्वर ८ को थामडाँडाबाट दर्जनौ कार्यकता एमालेमा प्रवेश गराएको थियो । त्यस्तै हालको रेसुङ्गा नगरपालिका वडा नम्वर ५ बाट करिव २ दर्जन युवा कांग्रेस र माओवादीबाट प्रवेश गराएको छ । वडा नम्वर ५ कै गोभानेबाट ३० जना महिला पुरुषहरुलाई प्रवेश गराएको छ ।
नवप्रवेशी र पुराना कार्यकताहरुलाई कार्यक्रमका प्रमुख अतिथी एमालेका नेता तथा पुर्व सांसद कमलराज श्रेष्ठले स्वागत सम्मान गरेका थिए । कार्यक्रममा वक्ताहरुले केहि दिन अघिको पाईप काण्डलाई प्रमुख विषय बनाएका थिए ।

‘ सुनको थालमा सुख्खा रोटी भिक माग्दै ’
अझै नहटेको नेपाली समाजको दरिद्रतालाई व्याङ्ग गर्दै प्रमुख अतिथी श्रेष्ठले मोटरबाटो, खानेपानी, विद्युत जस्ता कुराहरु राज्यबाट पाउने आफ्नो अधिकार हुँदा हुँदै कुनै नेता संग दुई चार रोल पाईप र दुईचार मिटर विजुलीको तार माग्नु भनेको कार उपहार परे त्यही कारमा चढेर चोर्ने जाउँला भन्नेहरु जस्तै भएको बताए ।
उखान टुक्का र विपक्षीलाई घोचपेच गर्नमा गुल्मीका ओली मानिने श्रेष्ठले भने–‘ कुनै एकजनाले प्रथम उपहार कार भन्दै वम्वर उपहार खोले छ । एक जना गरिवले सानो छोरा संग सोधे छ , कार प¥यो भने के गर्ने छोरा भनेर । छोराको पालो बा, कार पाए त त्यही कारमा चढेर चोर्न जान हुन्थ्यो भनेछ । उनको व्याङ्ग थियो कुनै सरकारी रकम वेथिती पुर्वक कसैले बाँड्छ भने त्यो पाउने र लिन खोज्ने मान्छेले पनि गाउँमा त्यस्तै वेथिती र दरिद्रता देखाउ छ ।
उनले मोटरबाटो , खानेपानी , विद्युत , शिक्षा स्वाथ्य जस्ता मुलभुत कुराहरु अव राज्यबाट स्वतः पाउने भएकोले अव कुनै नेता वा राजनैतिक दलको प्रलोभनमा परेर मताधिकारको दुरुपयोग नर्गन सुझाव दिए । उनले अर्को व्याङ्ग गर्दै भने–‘ अव विकास वजेट केन्द्रमा माग्न जानु पर्दैन हाम्रै गाउँ ठाउँमा तपाई हाम्रै हातमा आयो तर तपाईहरु आफ्नै हातमा सुनको थाली आएर पनि त्यही थालीमा कसै संग सुख्खा रोटी भिक माग्दै हुनुहुन्छ त्यो ख्याल गर्नु होला । ’

कार्यक्रममा सांसद दिलशोभा पुन, रेसुंगा नगर कमिटिका इन्चार्ज डिल्लीराज भुसाल, सो पार्टीका जिल्ला सचिवालय सदस्य कृष्ण सुनार, गणेश श्रीपाली लगायतका नेताहरुले मन्तव्य राखेका थिए । चुनावी अभियानका क्रममा एमालेले पुर्व जनप्रतिनिधीहरुलाई सम्मान कार्यक्रममलाई महत्व दिएको छ । सोही अनुरुप उसले साविकको अर्खले, नयाँगाउँका पुर्व गाविस अध्यक्ष , पुर्व उपाध्यक्ष , सदस्य र वडा अध्यक्ष तथा सदस्यहरुलाई सम्मान गरेको छ । उसले पुराना कार्यकर्ताहरुलाई समेत सम्मान गरेको थियो ।

अर्खलेका पुर्व प्रधानपञ्च तथा एमालेका ईलाका कमिटी सदस्य गोपालप्रसाद मरासीनीको अध्यक्षतमा सम्पन्न कार्यक्रममा रेसुङ्गा नगर कमिटीका उपाध्यक्ष हरिप्रसाद पोखरेलको स्वागत मन्तव्य र सदस्य कृष्णप्रयासीको सञ्चालन रहेकोे थियो ।

Comments

comments

Comments are closed.