अर्खलेको युवा क्लव पुनः सक्रिय, नेता विष्टले सहयोग गर्ने

  •  
  •  
  •  
  •  
  •  

प्रेम सुनार

गुल्मी, कार्तिक १० । २०५७ सालमा स्थापना र २०६२ सालमा दर्ता भई केहि समय सक्रिय भएको र पछि लामो समय निष्कृय रहेको गुल्मी अर्खलेको एक क्लव पुनः सक्रिय भएको छ । श्री समाजसेवा युवा क्लव रेसुङ्गा नगरपालिका ४ अर्खले यसरी सक्रिय हुन थालेको हो । उक्त क्लवलाई नेकपा एमालेका केन्द्रिय सचिव तथा गुल्मी क्षेत्र नम्वर ३ का सांसद गोकर्ण विष्टले थप सक्रिय पार्न सहयोग गर्ने उद्घोष समेत गरेका छन् । क्लवले भलिवल प्रतियोगिताको आयोजना गरी सक्रियताको पाईला चालेको हो । नेता विष्टले उद्घाटन गरेको भलिवल प्रतियोगिता ३ दिन सम्म सञ्चालन भएको थियो । प्रतियोगितामा दर्जनौं टिमलाई पछाडी पार्दै स्वयम आयोजक टिम श्री समाज सेवा युवा क्लव अर्खले प्रथम भएको छ । दृतिय विहानी युवा क्लव बडागाउँ भएको छ । तुफान युवा क्लज मुसिकोट तृतिय भएको छ । विजयी प्रथम , दृतिय र तृतियलाई क्रमशः ३० हजार २० हजार १० नगद पुरस्कार मेडल र प्रमाण पत्र प्रदान गरिएको थियो । प्रथम पुरस्कारको शैजन्य रेसुङ्गा नगरपालिका ४ अर्खले घर भई हाल अष्ट्रेलियामा कार्यरत शशिध्वज थापाले गरेका थिए । सेउवा घर भई हाल अमेरिकामा पत्रकारिता गरिरहेका किशोर पन्थीले २० हजार राशीको पुरस्कार शौजन्य गरेका थिए । जर्सी शौज्यन्य अर्खले निवासी सुरेन्द्र थापाले गरेका थिए । निष्कृय रहेको क्लवलाई रेमलाल वस्यालले गत वर्ष देखि सक्रिय पारेका हुन् । उनको अध्यक्षतामा गत वर्ष क्लवलाई पुनरगठन गरिएको थियो । प्रतियोगिताको उद्घाटन नेता विष्टले गरेका थिए । समापन समारोहमा भलिवल संघ गुल्मीका अध्यक्ष झकबहादुर मिदुनको प्रमुख आपतथ्यता थियो

। त्यस्तै नेकपा एमाले रेसुङ्गा नगरकमिटीका ंसंयोजक डिल्लीराज भुसाल, खेलकुद विकास समितिका सदस्य मनोज काउछा, रेफ्री एवं राष्ट्रिय भलिवल खेलाडीद्धयः किशोर केसी, हिरा पुन लगायतको विशेष आतिथ्यता थियो ।

क्लवका अध्यक्ष रेमलाल वस्यालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा श्रीराम महतको सञ्चालन रहेको थियो ।

Comments

comments

Comments are closed.