अरिङ्गालले टोकेर एक युवाको मृत्यु, श्रीमानको मृत्यु हुँदा श्रीमतिलाई वास्ता छैन

  •  
  •  
  •  
  •  
  •  

प्रेम सुनार
गुल्मी, भदौ ५ । गए राती अरिङ्गालले टोकेर गुल्मी बडागाउँका एक युवाको मृत्यु भएको छ भने एक जनाको अवस्था गम्भीर रहेको छ । बडागाउँ–७ ठुलापोखराका ३३ वर्षिय कुमार कार्कीको मृत्यु भएको हो ।

सोही वडा चुँदरी गाउँका २९ वर्षिय कृष्ण सुनार सख्त घाईते भई रेसुङ्गा अस्पताल तम्घासमा उपचार गराई रहेका छन् । अस्पतालका डाक्टर निरञ्जन पन्तले कार्कीको अहिले सवा ११ वजे अस्पतालमा उपचार गराई रहेको अवस्थामा मृत्यु भएको बताए ।

सुनारको अवस्था पनि गम्भीर भएको उनले जानकारी दिए । चुँदरीगाउँका सुनार र कार्कीका छिमेकी विजय सुनारका अनुसार हस्तीचौर २ को खहरे नजिकै छापचौरमा उनिहरु अरिङ्गाल पोल्न गएका थिए ।अरिङ्गालले टोकेर घाईते भएका उनिहरुले विजयलाई राती साढे १२ वजेको समयमा फोन गरेर वोलाएका थिए । तर उनिहरुलाई अरिङ्गालले भने साढे १० वजेतिर टोकेको र वारी क्षेत्रबहादुर जिसीको परिवारले पारीबाट आफ्नो घरमा ल्याई राखेको र त्यहाँबाट राती नै विजय र अर्को एक जनाले वाईकमा तम्घासको रेसुङ्गा अस्पतालमा ल्याएर भर्ना गरेका थिए ।

श्रीमानको मृत्यु हुँदा श्रीमतीलाई वास्ता छैन

कुनै समय भारतिय सेनाको लाहुरे र निकै आकर्षक युवा थिए गए राती अरिङ्गालले टोकेर मृत्यु भएका उनै कुमार कार्की । खाई लाग्दो लाहुरे कुमारलाई श्रीमान बनाउन पाउ भनेर कामना गर्थे कैयौं युवतीहरु ।
ति मध्ये कार्कीले छिमेकी गाविस मुसिकोटकी एक युवतीलाई मात्र औधी मन पराउँथे । लामो समयको प्रेम सम्वन्ध पश्चात उनिहरु वैवाहिक सम्वन्धमा गाँसिए ।
उनिहरुको सम्वन्ध केहि वर्ष निकै सुमधुर रह्यो । तर पछि खै कारण हो उनिहरु विचमा सम्वन्ध विग्रीयो । कुमारले भन्ने गर्थे मलाई वुटवलका केटाहरु समेत लागाएर पिट्ने समेत लगाई भनेर । जव उनि श्रीमतीसंगको सम्वन्धले तनावमा परे त्यस पछि उनले जागिर छाडेर घरमा लफङ्गीन थाले ।
उनले जागिर छाडेर आवारापन देखाउन थाले पछि उनकी श्रीमतीले छाडेर माईतीमा बस्न थालिन् । भारतिय सेनामा प्रशस्तै पैसा कमाएका कुमार पछि आर्थिक रुपले निकै संकटमा परे ।
उता श्रीमतीले माईतीमै वसेर सम्पत्तीको दावी गर्न थालिन । कुमार झन पछि झन जाँड रक्सीमा बल गर्न थाले । कुमारका वावु पनि भारतिय सेनामा थिए । उनका वावुको पनि त्यस्तै लाउलाउँ खाउँखाउ भन्ने उमेरमा मृत्यु भएको थियो ।
श्रीमानको त्यो अवस्थामा मृत्यु भए पछि कुमारकी आमाको मानसिक सन्तुलन विग्रीयो । घरमा कुमारको हेरविचार गर्ने भनेकै उनकी आमा थिईन तर मानसिक सन्तुलन विग्रेपछि उनले आमाको स्यहार सुसार पनि पाउन सकेनन् । त्यसैले पनि कुमार आवारा बने ।
दिनभरी मजदुरी गर्थे साँझ परे पछि को छ र मेरो आफ्नो भन्ने ? भन्दै जाँड रक्सी खाने गर्दथे । श्रीमतीको याद भुलाउने चिज भनेकै उनका लागि कडा मदिरा थियो । त्यसैको साहरामा उनले एक दशक भन्दा बढि समय सम्म एक्लो जिवन विताएका थिए ।
एकदमै मिलनसार र गाउँमा जसको पनि दुखमा लाग्ने कुमारको मृत्युले उनको गाउँ मात्र होईन छिमेकी चुँदरीगाउँ, दाम्का, चौर, भराह, थुम्का, सेनीपिप्ले र पारी खहरे सम्मका वासीन्दाहरु स्तब्ध छन् ।
तर श्रीमतीलाई श्रीमानको मृत्युले कत्ति नपोलेको स्थानियले बताए । चौरका शिक्षक कृष्ण सुर्यवंशीले भने अस्पतालमा भर्ना भएका कुमारलाई भेट्न उनका दाजु र भाई समेत आज दिउँसो अवेर सम्म गएका थिएनन् ।
नेपाल पत्रकार महासंघका सचिव तारा भुसालले ति घाईतेहरुलाई कुनै आफन्त कोही छैनन् लौन वोलाई दिनु प¥यो भने पछि तम्घासमै रहेकी छिमेकी निरा सुनारलाई त्यहाँ पठाईयो ।
उनि पुगेको दुई मिनेट नवित्दै कुमारको प्राण पखेरु गएको खवर आयो । त्यतिवेला सम्म घरबाट उनका दाजु र भाउजुहरु हिँडेका थिएनन् । शिक्षक सुर्यवंशीलाई पछि सम्पर्क गर्दा भर्खर पठाईयो र हामी पनि हिड्दैछौं भने । श्रीमतीलाई बोलाउनु भएन भन्ने प्रश्नमा शिक्षक सुर्यवंशीले भने यहाँ नै छैनन् त कसरी बोलाउनु? वास्तै छैन ।

लाहुरे छँदा कुमारले श्रीमतीका रहरका कुराहरु धेरै पुराए । गहना, कपडा गाउँका अरु वुहारीका भन्दा वेसी हुन्थे । कहिले तम्घास र कहिले वुटवल पुराउथे । वजारमा डेरा गराएर सयलको जिवन पनि विताई दिए ।

माईत गएर वस्दा पनि धेरै पटक लिन गए । यो पंक्तीकार छिमेकी भएकोले पनि कुमार र उनकी जिवन संगिनीका वारेमा धेरै जनाकारी छ । उनी कहिले काँही श्रीमतीको सम्झना गर्दै रुन्थे । उनको कुरा निकाल्दै गर्दा थाप्लो हान्दै रक्सीको वोत्तलबाटै ठाड्ठाडै पिउँथे ।

उनिहरुको सुरु सुरुको प्रेम सम्वन्धको स्मरण गर्दा र आज उनको मृत्यु हुँदा तिनै एक समयकी मुटुकी टुक्रालाई अन्तिम एक नजर देख्न पनि पाएन् कुमारले । कुमारको दुखद मृत्युको खवर गर्न मेरो भाई सुदिपलाई फोन गरें । तर मेरो मुटु भरियो र बोल्न सकिन । उनि मेरो भाई सुदिपका यति मिल्ने साथी थिए ।

उनि गाउँमा वौलाह जस्तो भएर उनको घर र श्रीमतिले हेला गरे पनि हाम्रो परिवारले उनलाई परिवारकै सदस्य जस्तो ठानि रह्यो । उनले हाम्रो पविार लगायत त्यो गाउँमा मर्दा पर्दा मध्ये रात भनेन् । घाम पानी केही भनेन । असाध्धै सहयोगी उनलाई हिजो राती देखि अस्पतालको शैयामा छट्पटीदा त्यस अस्पतालका स्वास्थ्यकर्मी वाहेक मुखमा पानी हाली दिने आफन्तजन कोही भएन् ।

म यति वेला वुटवलमा छु । उनी मेरी श्रीमति निरा अस्पतालमा पुग्दा छट्पटीएका थिए । निरा भाउजुलाई उनले चिन्न समत सकेका थिएन् । कठै उनको आत्माले के भनेको होला ।

उनको वल ताकत र पैसा छउञ्जेल सवको हाई हाई भए कुमार तर मर्ने वेलामा आमा…. आमा……….दाई………… दाई ……….हे बुढी………….भन्दै छट्पटिदा पनि उनले एक झलक कसैको नजर पाउन सकेनन् । भाई कुमार मैले भर्खरै फोन गरेर सोधे । एक्लो भाउजु तिम्रो शव कुरेर बसेकी छिन् । तिमो मृत्यु भएको डेढ घण्टा भयो अहिले । गाउँबाट कोही आएका छैनन यति वेला सम्म । तिम्रो श्रीमतिलाई लिन भने कृष्ण सर उनि वसेको स्थान सम्म जानु भयो रे । उनले म किन जाने एक्लै बसेकी मान्छे भन्दै आउन मानिन रे । यता अस्पतालले श्रीमति चाहिन्छ भनेको छरे । तर उनि नमाने पछि तिम्रो शव उठ्न पनि ढिला र झण्झट हुने भयो ।

सायद वोलेको आगो सवले ताप्छन भनेको यहि होला भाई । ओहो………..यो स्वार्थी दुनिया……..। कुमार जस्तो सवैको अर्गेलो र एक्लो भएर कसैलाई मर्न नपरोस् । अलविदा……………भाई कुमार………..तिमिले जिवित छउञ्जेल त्यस समाजमा गरेको सहयोग म , मेरो परिवार र गाउँका कुनै पनि मान्छेले कहिल्लै भुल्ने छैन् ।

भाई कुमार एउटा कुरा अर्को जन्ममा पनि कशिल्लै नभुल्नुकी श्रीमति भनेका स्वार्थका हुन् । पैसाका हुन ,ईज्जत छउञ्जेल सम्मका मात्र हुन् ।

उनीहरुको स्वार्थ पुरा हुँदा सम्म पाउ पनि मोल्छन त्यो नभए लात हान्छान् , जे पायो त्यसले टाउको फोरी दिन्छन् । भाई कुमार म आज टाढा छु । तिम्रो शव देख्न पनि नपाएकोमा निकै पछुतोमा छु । तर टाढैबाट भए पनि भाई कुमार तिम्रा हजार सम्झनाका अश्रुधारा बगाँउदैं हार्दिक…………..हार्दिक …….हार्दिक श्रद्धाञ्जली……………………..

Comments

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *