अब त आँटम भो सानु (भिडियो)

  •  
  •  
  •  
  •  
  •  

रोइला गीतमा अब्बल मानिएका गायक तथा सर्जक पुरुषोत्तम गैरेले पछिल्लो समयमा एक पछि अर्को गर्दै गीतहरु बजारमा सार्बजनिक गरेका छन l बिहेको लगन परिरहेको अबस्थामा गायक गैरेले पन्चे बाजा कोशेली अबत आटम भो सानु बजारमा सार्बजनिक गरेका छन् l

मार्मिक गीतमा अरु सबैको बिहे भो मेरो बिहे भएन अब त आटम भो सानु भन्ने जस्तो शब्द हरु गीतमा समाबेश गरिएको छ, भने समाजमा देखिएको दाइजो ले निम्ताएको विकृतिलाई पनि राम्रो झापड दिदै दाइजो नि चाहिदैन माया दिए पुग्छ भन्ने भाब गीतमा भेट्न सकिन्छ l गायक गैरेकै लय स्वर छ भने स्वरमा साथ् रहेको छ देवी घर्तीको भने शब्द सरोज बस्यालले कोरेका छन, सुभतारा म्युजिकले बजार ब्यबस्थापन गरेको गीतमा निर्देशन सम्पादन निर्देशक बिष्णु भट्टराईले गरेका छन भने छायांकन रामचन्द्र भट्टराईले गरेका छन ।

त्यस्तै सगुन शर्माले श्रीन्गार गरेको भिडियोमा शिव देव अर्याल , रितिक पोख्रेल , कुलचन्द्र पुरी, दयाराम अर्याल, राजिव केसी, चेतना थापा, गीता छेत्री, सुन्दर अर्याल, कृष्ण घिमिरे लगायतको अभिनय रहेको छ l अविरल फिल्म्सको युटुब च्यानल मार्फत सार्बजनिक गरिएको छ l अविरल फिल्म्सले दृश्य निर्माण गरेको भिडियो हेरौ

Comments

comments

Comments are closed.